

काठमाडौंका स्पा र मसाज सेन्टरमा ‘ह्याप्पी इन्डिङ’को आवरणमा यौनधन्दा: एक महिने अनुसन्धानले चकित पार्ने तथ्य उजागर
काठमाडौं । राजधानी काठमाडौंका विभिन्न स्थानमा स्पा र मसाज सेन्टरको नाममा सञ्चालन हुँदै आएका यौनजन्य गतिविधिबारे गरिएको एक महिना लामो खोजीमूलक पत्रकारिताले गम्भीर तथ्य सार्वजनिक गरेको छ। जनरक्षा मिडियाको विस्तृत स्थलगत रिपोर्टिङले देखाएको छ—तेल मालिसको बहानामा ‘ह्याप्पी इन्डिङ’ जस्ता गोप्य सेवामार्फत खुलेआम यौनधन्दा सञ्चालन भइरहेको छ।
विगतमा यस्ता गतिविधिबारे समाचार प्रकाशन गर्दा नियमनकारी निकायको असान्दर्भिक कडाइ, सञ्चालकहरूको धम्की तथा पत्रकारमाथि ज्यान मार्ने चेतावनीसम्मका घटनाले यो विषय अझ संवेदनशील बनेको छ। तर पनि समाजप्रति जिम्मेवार नागरिक र सञ्चार माध्यमको भूमिकाबाट पछि हट्न नसकिने जनरक्षाको निष्कर्ष छ।
उपत्यकाभर फैलिएको ‘गोप्य सेवा’
ठमेल, दरबारमार्ग, लाजिम्पाट, चाबहिल, बौद्ध, जोरपाटी, चुचेपाटीलगायत क्षेत्रमा सञ्चालित धेरैजसो स्पा र मसाज सेन्टरमा ‘ह्याप्पी इन्डिङ’ नामक सेवा सामान्य बन्दै गएको भेटिएको छ। ग्राहकको मागअनुसार मसाजपछि यौनजन्य गतिविधि गराइने गरेको प्रत्यक्ष रिपोर्टिङ र ग्राहकसँगको कुराकानीबाट पुष्टि भएको छ।
एक नियमित ग्राहकका अनुसार, “माथिदेखि तलसम्म मसाज गरिन्छ, अन्त्यमा हस्तमैथुन गराएर ‘ह्याप्पी इन्डिङ’ दिइन्छ। यही कारणले मानिसहरू यहाँ आकर्षित हुन्छन्।”
स्थलगत अनुभव: ‘मसाजभन्दा बढी’ सेवा
जोरपाटीस्थित एक स्पामा पुगेका पत्रकारले देखेका दृश्यले यो व्यवसायको वास्तविकता झन् स्पष्ट बनाउँछ। प्रवेश गर्नासाथ युवतीहरूको समूहले स्वागत गर्ने, ग्राहकलाई कोठाभित्र लैजाने र एक घण्टापछि ‘फ्रेस’ बनेर बाहिर निस्कने प्रवृत्ति सामान्य जस्तै देखिन्छ।
१२ सय रुपैयाँमै मसाजसँगै ‘विशेष सेवा’ उपलब्ध हुने र थप टिप्स दिने चलन पनि प्रचलित रहेको पाइयो।
कतिपय स्थानमा त काउन्टरमै ‘सबै सेवा उपलब्ध’ भन्ने संकेत दिँदै सिधै यौनसम्बन्धी प्रस्ताव राख्ने गरिएको भेटिएको छ।
प्रहरीको जानकारी, तर प्रभावकारी नियन्त्रणको अभाव
प्रहरीलाई यस्ता गतिविधिबारे जानकारी हुँदाहुँदै पनि नियन्त्रण प्रभावकारी हुन सकेको छैन। विगतमा उजुरीका आधारमा केही स्पामा छापा मारेर सञ्चालकहरूलाई नियन्त्रणमा लिइए पनि दीर्घकालीन समाधान हुन सकेको छैन।
स्थानीय तहका केही प्रहरी अधिकारीहरूले जिम्मेवारी पन्छाउने प्रवृत्ति देखाएको आरोप पनि रिपोर्टमा उल्लेख छ। यसले नियमन निकाय र अवैध व्यवसायबीचको सम्भावित मिलेमतोबारे प्रश्न उठाएको छ।
बाध्यताले यौनशोषणतर्फ धकेलिएका महिला
रिपोर्टिङका क्रममा स्पामा कार्यरत धेरै महिलाहरू आर्थिक अभाव, पारिवारिक समस्या, वा सामाजिक असुरक्षाका कारण यस्तो काम गर्न बाध्य भएको बताएका छन्।
कतिपय किशोरीहरू समेत यसमा संलग्न गराइएको भेटिनु झन् गम्भीर विषय बनेको छ।
कानुनी व्यवस्था कडा, कार्यान्वयन कमजोर
नेपालको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार वेश्यावृत्तिमा लगाउने कार्य गम्भीर अपराध हो। यस्तो कसुरमा १० देखि १५ वर्षसम्म कैद र जरिवानाको व्यवस्था छ।
त्यस्तै, वेश्यागमन गर्नेलाई पनि कैद र जरिवानाको प्रावधान छ।
तर व्यवहारमा भने कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा यस्ता गतिविधि झन् फैलिएको देखिन्छ।
हालैको कारबाहीले पुष्टि गर्यो रिपोर्ट
हालै काठमाडौंका विभिन्न स्पा र मसाज सेन्टरबाट अपराध अनुसन्धान महाशाखा ,टेकुले गरिएको छापामार कारबाहीमा एकैदिन २५८ जना महिला र पुरुष पक्राउ परेका थिए।
यो घटनाले जनरक्षाको खोजीमूलक रिपोर्टिङलाई थप पुष्टि गरेको छ।
जनरक्षाको सुझाव
स्पा र मसाजको नाममा सञ्चालन हुँदै आएको यौनधन्दा केवल नैतिकता वा सामाजिक समस्या मात्र होइन, यो मानव बेचबिखन, यौनशोषण र कानुन उल्लंघनसँग प्रत्यक्ष जोडिएको गम्भीर अपराध हो।
यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायको कडा निगरानी, प्रभावकारी कारबाही र सामाजिक सचेतना अत्यावश्यक देखिन्छ।
(बाँकी विस्तृत रिपोर्ट आगामी श्रृंखलामा…)
समाज
थप सामाग्री-
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
१ दिन अगाडि
1.6kViews 459 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद…



