देशभर बदली, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक सक्रिय न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ। यसका कारण देशका अधिकांश भूभागमा बदली रही वर्षाको गतिविधि बढ्ने संकेत गरिएको छ।

अहिले मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका बाँकी क्षेत्रमा आंशिक बदली देखिएको छ। कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। ती प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ भने अन्य प्रदेशका थोरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

आज राति पनि कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली कायम रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशीका केही स्थानमा तथा मधेस, बागमती र गण्डकीका पहाडी क्षेत्रमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ। साथै, अन्य हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद्हरूले चट्याङ्ग, वर्षा र हिमपातका कारण हुन सक्ने जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१९ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
120 Shares