

एसईई नतिजा चार दिनभित्र सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ मा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले नतिजा सार्वजनिकका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी तीव्र पारेको छ ।
बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालका अनुसार कुनै प्राविधिक समस्या नआएमा अबको चार दिनभित्र अर्थात् यही महिनाभित्र नतिजा सार्वजनिक गरिनेछ । उनले भने, “सबै तयारी पूरा भएको छ, समस्या नआए चार दिनभित्र नतिजा सार्वजनिक हुन्छ।”
परीक्षा नियन्त्रण कार्यालयले आइतबार सूचना जारी गर्दै एसईईको नतिजा एसएमएस, आईभीआर प्रणाली तथा विभिन्न आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ ।
गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले फाराम भरेका थिए । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका थिए ।
बोर्डका अनुसार परीक्षामा २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना परीक्षार्थी सहभागी भएका थिए ।
नतिजा सार्वजनिक हुने तयारीसँगै विद्यार्थी, अभिभावक तथा विद्यालयहरूमा चासो र उत्सुकता बढेको छ ।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



