बहिनीको कंकाल बोकेर बैंक पुगेका जितुको जीवन फेरियो, खातामा लाखौँ सहयोग

भारत। भारतको ओडिशामा आफ्नी मृत बहिनीको कंकाल काँधमा बोकेर बैंक पुगेका आदिवासी युवक जितु मुण्डाको कथा अहिले देशभर चर्चाको विषय बनेको छ । बैंकबाट जम्मा १९ हजार रुपैयाँ निकाल्न नसक्दा निराश बनेका उनले अन्ततः बहिनीको कंकाल नै बैंकसम्म पुर्‍याएका थिए । घटना सार्वजनिक भएपछि भने उनको जीवनमा अप्रत्याशित परिवर्तन आएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ओडिशाको दियानाली गाउँ निवासी जितु मुण्डाको खातामा अहिले करिब १५ लाख रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भइसकेको छ । धेरै व्यक्ति, सामाजिक अभियन्ता तथा संस्थाहरूले उनको पीडाप्रति सहानुभूति जनाउँदै आर्थिक सहयोग गरेका हुन् ।

‘फिजिक्स वाल्लाह’का संस्थापक अलख पाण्डेले जितुलाई १० लाख रुपैयाँ सहयोग गरेका छन् । यस्तै, आम आदमी पार्टीका सांसद संजय सिंहले ५० हजार रुपैयाँ दिएका छन् भने राजस्थानका कृषिमन्त्री किरोडी लाल मीनाले आफ्नो एक महिनाको तलब अर्थात् १ लाख ४५ हजार रुपैयाँ दान गर्ने घोषणा गरेका छन् ।

केओंझर जिल्ला प्रशासनले जिल्ला रेडक्रस कोषमार्फत ३० हजार रुपैयाँ उपलब्ध गराएको छ भने खिदमत फाउन्डेसनले ५० हजार रुपैयाँ सहयोग गरेको बताइएको छ ।

घटना चर्चामा आएपछि ओडिशा सरकारले पनि जितुको परिवारलाई विभिन्न सुविधा उपलब्ध गराउन थालेको छ । मुख्यमन्त्री मोहन चरण माझीको निर्देशनपछि जिल्ला प्रशासनले उनको घरमा विद्युत् जडान गरिदिएको छ । साथै उनलाई मासिक आर्थिक सहायता प्रदान गर्ने सरकारी योजनामा समेत समावेश गरिएको छ ।

अधिकारीहरूले जितुलाई रासन कार्डसमेत उपलब्ध गराएका छन्, जसबाट उनले अब प्रत्येक महिना सहुलियत दरमा चामल पाउनेछन् ।

जितुले आफ्नी बहिनीको शव उत्खनन गर्नु आदिवासी परम्पराविरुद्ध मानिने भएकाले गाउँमा आफूलाई सामाजिक दबाब र डरको सामना गर्नुपरेको बताएका छन् । उनका अनुसार गाउँका अगुवाहरूले पञ्चायत बोलाएर “शुद्धीकरण अनुष्ठान” गर्नुपर्ने निर्णय सुनाएका थिए, अन्यथा समुदायबाट निष्कासन गरिने चेतावनी दिइएको थियो ।

जितुले बहिनी जीवित रहँदा उनको खातामा करिब १९ हजार रुपैयाँ जम्मा गरेका थिए । तर बहिनीको मृत्यु भएपछि आवश्यक कागजात नहुँदा बैंकबाट रकम निकाल्न सकेनन् । अन्ततः बाध्य भएर उनी बहिनीको कंकाल बोकेर बैंक पुगेका थिए । घटना सार्वजनिक भएपछि बैंकले ब्याजसहित १९ हजार ४०२ रुपैयाँ भुक्तानी गरेको समाचारमा उल्लेख छ ।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
323 Shares