प्रचण्ड: सच्चा कम्युनिस्टहरूबीच एकताको आवश्यकता अझ बढेको छ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक ले सच्चा कम्युनिस्टहरूबीच एकताको आवश्यकता अहिले झन् बढ्दै गएको बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित २६औँ लाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय रूपमा पनि बहस, विवाद, विभाजन र एकताको शृङ्खलाबाट अघि बढिरहेको बताए।

उनले भने, “अन्तर्राष्ट्रिय रूपमा पनि ठूला बहस, विवाद, विभाजन र एकताको शृङ्खला चल्दै आएको छ। सच्चा कम्युनिस्टहरूबीच एकता अहिले झन् विशेष रूपमा आवश्यक भएको छ।”

प्रचण्डले देशभित्र साम्राज्यवादी शक्तिहरूको हस्तक्षेप बढिरहेको दाबी गर्दै राष्ट्रिय राजनीति अप्ठ्यारो अवस्थातर्फ उन्मुख भएको टिप्पणी गरे। उनका अनुसार पछिल्लो निर्वाचनमा कम्युनिस्ट शक्तिलाई कमजोर बनाउने रणनीति अन्तर्गत विभिन्न गतिविधि भएको र ती विषयहरू अझै पूर्ण रूपमा सार्वजनिक नभएको बताए।

“के के भएका थिए, पर्दाभित्रका कुरा हुन्, अनुसन्धान हुँदै जाला,” उनले भने।

उनले कम्युनिस्ट शक्तिहरूलाई सिध्याउने प्रयास देशी तथा विदेशी शक्तिबाट भइरहेको आरोप पनि लगाए।

Facebook Comments Box
TOP
396 Shares