

भारतका विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण अन्तिम समयमा स्थगित, कूटनीतिक कारणबारे चासो
काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्रीको तय भएको नेपाल भ्रमण अन्तिम समयमा स्थगित गरिएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारत सरकारले कूटनीतिक तथा प्राविधिक कारण देखाउँदै उक्त भ्रमण तत्कालका लागि रोकिएको हो। यद्यपि यसबारे कुनै आधिकारिक विस्तृत कारण सार्वजनिक गरिएको छैन।
सीएनएन न्युज–१८ ले भारतीय ‘साउथ ब्लक’ स्रोतलाई उद्धृत गर्दै भ्रमण स्थगित भएको जनाएको छ। रिपोर्टअनुसार मिस्रीको नेपाल भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, ऊर्जा व्यापार, प्रसारण लाइन, रेल सेवा, पूर्वाधार विकास तथा क्षेत्रीय सहकार्यका विषयमा उच्चस्तरीय छलफल हुने तयारी गरिएको थियो। भ्रमणको नयाँ मिति भने हालसम्म तय गरिएको छैन।
यसैबीच, कूटनीतिक वृत्तमा भ्रमण स्थगित हुनु पछाडि काठमाडौं र नयाँदिल्लीबीचको प्रोटोकल सम्बन्धी मतभेद पनि कारण हुन सक्ने चर्चा सुरु भएको छ। केही स्रोतहरूले काठमाडौंका स्थानीय नेतृत्वले समान स्तरका अधिकारीसँग मात्रै औपचारिक भेट गर्ने नीति अपनाएको विषयले भ्रमणमा प्रभाव पारेको दाबी गरेका छन्। तर यसबारे आधिकारिक पुष्टि भएको छैन।
यसअघि पनि केही विदेशी प्रतिनिधिमण्डलसँग उच्चस्तरीय भेटघाटको प्रोटोकल विषय चर्चामा आएको सन्दर्भ उल्लेख गर्दै कूटनीतिक वृत्तमा यो विषयलाई थप संवेदनशील रूपमा हेरिएको छ।
त्यस्तै, हालै लिपुलेक–कालापानी–लिम्पियाधुरा क्षेत्रलाई लिएर नेपाल–भारतबीच देखिएको कूटनीतिक असहमति र भारत–चीनबीच लिपुलेक मार्ग हुँदै कैलाश–मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने निर्णयप्रति नेपालले व्यक्त गरेको आपत्तिलाई पनि केही विश्लेषकहरूले यस घटनासँग जोडेर हेरेका छन्।
विक्रम मिस्रीको भ्रमण यसअघि मौरिससमा नेपालका परराष्ट्रमन्त्री र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भएको भेटवार्तापछि तय भएको बताइएको थियो। भ्रमणको क्रममा प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको स्रोतहरूले जनाएका थिए।
भ्रमण स्थगित भएपछि नेपाल–भारत कूटनीतिक सम्बन्ध, प्रोटोकल व्यवस्थापन तथा आपसी संवाद प्रक्रियाबारे नयाँ बहस सुरु भएको छ।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



