पश्चिमी वायु र न्यून चापीय प्रभावले देशभर मौसम बदली, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव सक्रिय हुँदा देशका विभिन्न भू–भागमा मौसम बदली भई वर्षाको अवस्था देखिएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्र तथा मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा विकसित न्यून चापीय रेखाको आंशिक प्रभावका कारण मौसम प्रभावित बनेको हो।

हाल कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने देशका अन्य भू–भागमा आंशिक बदलीको अवस्था छ। कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। यस अवधिमा हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि मौसम पूर्ण रूपमा सुधार हुने संकेत देखिएको छैन। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली कायम रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। ती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

विभागले वर्षासँगै उच्च हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
304 Shares