

निजामतीमा कडा अनुशासन : राजनीतिक गतिविधिमा संलग्न कर्मचारी तत्काल बर्खास्त गरिने
सरकारले निजामती प्रशासनमा राजनीतिक प्रभाव अन्त्य गर्दै कडा अनुशासन लागू गर्ने संकेत दिएको छ। राजनीतिक दलमा आवद्ध हुने वा कुनै पनि प्रकारका राजनीतिक गतिविधिमा संलग्न भएको प्रमाणित भए निजामती कर्मचारीलाई तत्काल सेवाबाट बर्खास्त गरिने व्यवस्था ल्याइने भएको छ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रशासनिक संयन्त्रलाई पूर्ण रूपमा निष्पक्ष र राजनीतिक प्रभावमुक्त बनाउने स्पष्ट सन्देश दिएका हुन्।
सरकारी घोषणा अनुसार अब कुनै पनि निजामती कर्मचारी राजनीतिक दलसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेको प्रमाण भेटिएमा तुरुन्तै सेवाबाट हटाइनेछ। त्यस्ता कर्मचारीलाई भविष्यमा कुनै पनि सरकारी सेवाका लागि अयोग्य ठहर गर्ने कडा प्रावधानसमेत लागू गरिने बताइएको छ।
सरकारको यो कदमलाई प्रशासनिक सुधारतर्फको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ। निष्पक्ष र पारदर्शी सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्य राखिएको भए पनि यसले कर्मचारी संगठन तथा राजनीतिक वृत्तमा भने नयाँ बहस सुरु गरेको छ।
समाज
थप सामाग्री-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि
1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…



