रास्वपाले केन्द्रीय समिति बैठक बोलायो, महाधिवेशन र सरकार सञ्चालनबारे छलफल हुने

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । बैठक बुधबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ ।

पार्टीका अनुसार बैठकमा केन्द्रीय महाधिवेशनको तयारी, सरकार सञ्चालनको समीक्षा तथा संसद्को चालू बर्खे अधिवेशनसँग सम्बन्धित विषयहरूमा विस्तृत छलफल गरिनेछ ।

रास्वपाले भदौ महिनाभित्र पहिलो महाधिवेशन गर्ने तयारी गरिरहेको छ । सोही तयारीलाई अघि बढाउने विषय पनि बैठकको मुख्य एजेन्डा रहेको बताइएको छ ।

पार्टी प्रवक्ता मनिष झाले सबै केन्द्रीय सदस्यहरूलाई बैठकमा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको जानकारी दिएका छन् ।

महाधिवेशनको पूर्वतयारीसँगै संगठनात्मक सुदृढीकरण र आगामी राजनीतिक रणनीतिबारे पनि बैठकमा महत्वपूर्ण निर्णय हुन सक्ने अपेक्षा गरिएको छ ।

Facebook Comments Box
मुख्यमन्त्रीको गृह जिल्लामै कानुन लाचार : बागमती किनारमा ‘सगरमाथा’ जस्तो गिट्टी बालुवाको दर्जनाैं थुप्रो !
८ घण्टा अगाडि

1.2kViews 227 Shares Share on Facebook Share on Twitter प्रेमचन्द्र झा रौतहटको समनपुरस्थित बागमती पुल, मधेश प्रदेश सरकार, गढीमाई नगरपालिका…

TOP
215 Shares