चितवनमा धारिलो हतियार प्रहार गरी युवकको हत्या, दुई जना पक्राउ

चितवन । चितवनमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैँडाकोट नगरपालिका–१७ का २७ वर्षीय कृष्णबहादुर खड्का र स्याङ्जाको साविक जगतभञ्ज्याङ गाउँ विकास समिति वडा नम्बर ४ घर भई हाल पोखरा महानगरपालिका–१५ बस्ने २८ वर्षीय सम्राट गुरुङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार उनीहरूलाई पोखरा महानगरपालिका–८ स्थित अशोक होटलबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार गत वैशाख २२ गते भरतपुर महानगरपालिका–७ बुद्धचोकस्थित सम्भव अटो पसल अगाडि रुपन्देहीको सैनामैना नगरपालिका–६ का ३० वर्षीय आशिष खनालको हत्या भएको थियो। उक्त घटनामा कृष्णबहादुर खड्काले धारिलो हतियार प्रहार गरी खनालको ज्यान लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

अनुसन्धानका क्रममा खड्का र खनालबीच आर्थिक लेनदेन तथा मोबाइल फोन सम्बन्धी विवाद रहेको खुलेको छ। खनालको मोबाइल खड्काले प्रयोग गर्दै आएको र पछि फिर्ता माग्ने क्रममा सामाजिक सञ्जालमा विवाद चर्किएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

त्यस्तै, सम्राट गुरुङले घटनापछि खड्कालाई लुकाइछिपाइ राख्न सहयोग गरेको आरोपमा उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
417 Shares