

मन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण र लुटपाट आरोपमा पक्राउ
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ गम्भीर आपराधिक आरोपमा पक्राउ परेका छन् ।
सप्तरीको महादेवा गाउँपालिका–१ बल्थी स्थायी घर भई हाल राजविराज नगरपालिका–३ पाख्रेल टोल बस्दै आएका २७ वर्षीय मुस्तकिम मियाँलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा सोमबार राजविराजबाट पक्राउ गरिएको हो । सप्तरीका प्रहरी प्रमुख एसपी गौतम केसीका अनुसार मियाँमाथि अपहरण, बन्धक बनाउने तथा लुटपाटमा संलग्न रहेको आरोप छ ।
प्रहरीका अनुसार २०८२ फागुन १४ गते बिहान राजविराज नगरपालिका–३ हनुमान चोकबाट राजु कुमार चौधरीलाई अपहरण गरिएको थियो । घटनाका बेला बा.९९ प ५७७५ नम्बरको मोटरसाइकलमा आएका मुस्तकिम मियाँसहितको समूहले बन्दुक देखाएर चौधरीलाई नियन्त्रणमा लिएको आरोप छ ।
पीडितको भनाइअनुसार उनलाई जबर्जस्ती राजविराज नगरपालिका–८ स्थित हिमालय राइस मिल पछाडिको सुनसान क्षेत्रमा लगेर बन्धक बनाइएको थियो । त्यहाँ कुटपिट गर्नुका साथै लुटपाटसमेत गरिएको आरोप छ ।
घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मियाँमाथि थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
समाज
थप सामाग्री-
काठमाडौंमा ठेक्का ह्याकिङ प्रकरण : अनुसन्धान र अभियोजन प्रक्रिया कमजोर बनाइएको आरोप
-
अविरल वर्षापछि पहिरो र बाढीले मुख्य राजमार्गहरू प्रभावित, केही खण्ड पूर्ण बन्द
-
धादिङ बैरेनीमा तीन सवारी एकै ठाउँ ठोक्किँदा ३७ घाइते
-
आज बैशाख २९ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
-
प्रधानमन्त्री नीति तथा कार्यक्रमका बीच बैठकबाट बाहिरिएपछि संसद्मा विवाद
मुख्यमन्त्रीको गृह जिल्लामै कानुन लाचार : बागमती किनारमा ‘सगरमाथा’ जस्तो गिट्टी बालुवाको दर्जनाैं थुप्रो !
८ घण्टा अगाडि
1.2kViews 227 Shares Share on Facebook Share on Twitter प्रेमचन्द्र झा रौतहटको समनपुरस्थित बागमती पुल, मधेश प्रदेश सरकार, गढीमाई नगरपालिका…



