

बारामा एकै परिवारका तीन जनाको हत्या
बारा ।
बारा जिल्लाको प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँका एकै परिवारका तीन जनाको बीभत्स हत्या भएको छ । मारिनेहरूमा २५ वर्षीया सुजाता चौधरी, उहाँकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको छोरा राजवीर चौधरी रहेको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
मंगलबार बिहान १० बजे खाना खाएर श्रीमान् दिपेन्द्र चौधरीसहित परिवार नै घुँगी मार्न घरभन्दा केही परको खोलामा गएका थिए । बेलुकीसम्म उक्त परिवार घर नफर्केपछि स्थानीयले दिपेन्द्र चौधरीको परिवार हराएको सूचना प्रहरीलाई दिएको एसपी बोगटीले जानकारी दिनुभयो ।घरायसी विवादका कारण श्रीमान्ले श्रीमती, छोरा र छोरीको घाँटी रेटेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । घरबाट घुँगी मार्न गएको बेला खोलाको किनारामा तीन जनाको हत्या गरेर भाग्दै गरेको अवस्थामा लडेर घाइते भएका चौधरीलाई स्थानीयले उपचारका लागि जिल्ला अस्पताल कलैया लगेका थिए । चौधरीलाई अस्पतालमा उपचार भइरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको थियो ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



