आजको मौसम: पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हाल हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशसहित अन्य हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानहरूमा हावाहुरी, असिना र चट्याङ्गको सम्भावना पनि रहेको छ ।

त्यसैगरी आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहने महाशाखाले जनाएको छ । रातिको समयमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
325 Shares