

श्रीमानको कुटाइ बाट श्रीमतीको मृत्यु
महोत्तरीमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको पिपरा गाउँपालिका- ५ सहोडवानिवासी २१ वर्षीय विमलेश यादवको कुटाइबाट उनकी १९ वर्षीया श्रीमती कविता यादवको मृत्यु भएको प्रहरीले जनाएकाे छ । 
गत असोज १८ गते बिहान श्रीमानले उनलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी उनलाई असोज २० गते जनकपुरस्थित जनकपुर सुरक्षा अस्पतालमा भर्ना गरिएको थियो ।
उनको अवस्था गम्भीर भएकाले तत्काल जनकपुर न्युरो अस्पतालमा रिफर गरिएको थियो । २५ गते बिहान ११ बजे उनकाे उपचारका क्रममा ज्यान गएको हो । उनलाई २० गतेदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
अचेत अवस्थामै जनकपुर सुरक्षा अस्पताल ल्याइएकोमा बिरामीको सिटी स्क्यान गर्दा ब्रेनमा रगत जमेको र श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका चिकित्सक डा. सरोज ठाकुरले जानकारी दिए ।
प्रहरीले विमलेश यादवविरुद्ध सुरुमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो । कविताको मृत्युपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सरोज राईले बताए । आरोपीलाई असोज २१ गते पक्राउ गरिएको हो ।
माइती पक्षले मृतकको अन्त्येष्टि गरेको छ । जनकपुरस्थित स्वर्गद्वारमा बुधबार अपराह्न मृतकको अन्त्येष्टि गरिएको हो । माइती पक्षले दाइजोको कारण हत्या गरिएको आरोप लगाएकाे छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



