

देशभर बदलीको प्रभाव : पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बढ्दो गर्मी
काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहँदा आज विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली देखिएको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
अहिले कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा अन्य पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको जनाइएको छ। साथै मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्नेछ।
यता, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। ती क्षेत्रमा तातो दिन र गर्मीको असर बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ। मधेस प्रदेशसहित अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार रातिको समयमा कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने जनाइएको छ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१९ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



