आजको मौसम : चार प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, सुदूरपश्चिममा तातो लहरको चेतावनी

काठमाडौं । हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ। यस प्रणालीको प्रभावका कारण कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने गण्डकी र बागमती प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्र र लुम्बिनी तथा कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने जनाएको छ।

यता, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा तातो लहर (Heat Wave) चल्न सक्ने सम्भावना रहेको छ। साथै, लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रमा अत्यधिक गर्मीका कारण ‘तातो दिन’ रहने पूर्वानुमान गरिएको छ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ। यी चार प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले मेघगर्जन, चट्याङ्ग र वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन तथा तातो लहर प्रभावित क्षेत्रमा अत्यावश्यक बाहेकका गतिविधि दिउँसोको समयमा कम गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१९ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
420 Shares