

लोकप्रिय कलाकार मोतिराज खनाल र यशोदा कार्कीको आवाजमा बैगुनी मायालु
काठमाडौं ।
लोकप्रिय गायक मोतिराज खनाल र गायिका यशोदा कार्की को सुमधुर आवाजमा सजिएको अत्यन्त मार्मिक तथा भावनात्मक गीत “बैगुनी मायालु” सार्वजनिक भएको छ। प्रेम, पीडा, बिछोड र भावनात्मक संघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको यस गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ विशेष चर्चा बटुल्ने अपेक्षा गरिएको छ।
गीतमा लोकप्रिय गायक मोतिराज खनाल र यशोदा कार्कीको मन छुने स्वर सुन्न सकिन्छ। गीतका शब्द शंकर घिमिरे र विश्वास घिमिरे ले संयुक्त रूपमा सिर्जना गरेका हुन् भने गीतको लय स्वयं गायक मोतिराज खनालले तयार पारेका हुन्।
गीतको संगीत संयोजन (एरेन्ज) रमेश सेन्चुरी ले गरेका हुन्। मालाश्री डिजिटल रेकर्डिङ स्टुडियो मा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिङ कार्य सागर बाजुराली ले सम्पन्न गरेका हुन् भने मिक्सिङ खडक बाजुराली ले गरेका छन्।
गीतको म्युजिक भिडियोमा विश्वास घिमिरे, बिन्दु आचार्य, अनिशा बेल्बासे तथा बिशेष घिमिरे को सशक्त अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन स्वयं विश्वास घिमिरेले गरेका हुन्। ड्रोन दृश्यहरू चोप सिलवाल ले कैद गरेका छन् भने छायांकन तथा सम्पादनको जिम्मेवारी सन्जय पाठक ले सम्हालेका छन्।
गाउँघरको मौलिक परिवेश, हरियालीले भरिएको प्राकृतिक वातावरण तथा प्रेम र बिछोडको पीडालाई भिडियोमा अत्यन्त संवेदनशील ढंगले प्रस्तुत गरिएको छ। उत्कृष्ट कथा प्रस्तुति, भावनात्मक अभिनय र अनुभवी कलाकारहरूको समन्वयले “बैगुनी मायालु” लाई अझ जीवन्त र प्रभावशाली बनाएको निर्माण टिमले जनाएको छ।
नेपाली लोक तथा आधुनिक संगीतप्रेमी दर्शकका लागि “बैगुनी मायालु” प्रेम, संवेदना र यथार्थ भावनाले भरिएको उत्कृष्ट सांगीतिक कोशेलीका रूपमा सार्वजनिक भएको हो।
लोकदोहोरी क्षेत्रमा निरन्तर आफ्नो सिर्जनामार्फत दर्शक तथा श्रोताको मन जित्दै आएका गायक मोतिराज खनालका दर्जनौं गीत लोकप्रिय बनेका छन्। गीत–संगीतसँगै आफ्ना सिर्जनामार्फत मनोरञ्जन मात्र नभई सामाजिक सन्देश र पर्यटन प्रवर्द्धनमा समेत उनले महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
वि.सं. २०६१ सालदेखि सांगीतिक यात्रामा सक्रिय रहेका गायक मोतिराज खनालले कला र संगीतको माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आएका छन्। उनका “सुपा देउराली भजन”, “मालारानी भजन”, “यो दिलसँग त्यो दिल गाँसौँला”, “ऋण बढेर दोब्बर भइसक्यो”, “सँगै सुते लाग्छ गोडामा”, “लालीगुराँस फुल्यो मायालु”, “आउ बस आडैमा”, “चालीस कटेसी”, “क्या राम्री पुतली”, “पैसाको बिटो”, “यो सन्देश पठाइदेऊ मेरी सानीलाई”, “बिर्सु कसरी” लगायतका गीतहरू नेपाली संगीत बजारमा निकै रुचाइएका सिर्जना हुन्।
विशेषगरी अर्घाखाँची जिल्लाको धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनका लागि तयार पारिएका “सुपा देउराली भजन” र “मालारानी भजन” जस्ता सिर्जनाले स्थानीय पर्यटन प्रचारप्रसारमा उल्लेखनीय योगदान
समाज
थप सामाग्री-
संख्याको दम्भ नदेखाउन सरकारलाई गगन थापाको चेतावनी, पाँच बुँदे प्रश्नसहित जवाफदेही बन्न आग्रह
-
सशस्त्र प्रहरीका दुई महिला आरोहीलाई एक तह बढुवा, सगरमाथा–लोत्से सफल आरोहणको सम्मान
-
आज जेठ ०९ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
सुधन गुरुङको प्रेस काउन्सिलमा उजुरी, ‘पीत पत्रकारिता’ गरेको आरोप लगाउँदै कारबाहीको माग
-
रवि लामिछानेमाथिका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन अदालतको अनुमति, सहकारी ठगी मुद्दा यथावत
एनसेलको बोर्डदेखि सेयर कारोबारसम्म प्रश्नै–प्रश्न : अर्बौं राजस्व विवाद, गोप्य प्रतिवेदन र नियामक निकायको मौनता
१ दिन अगाडि
2.1kViews 243 Shares Share on Facebook Share on Twitter काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेड फेरि एकपटक…



