

बारा जिल्ला भेलाको विवादबारे रास्वपाको स्पष्टोक्ति, ‘सांसदलाई लखेटिएको’ समाचार भ्रामक भएको दाबी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला भेलामा भएको भनिएको विवादबारे आफ्नो धारणा सार्वजनिक गर्दै सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
रास्वपाको मधेश प्रदेश कार्यालयले शनिबार बारामा आयोजित जिल्ला भेलाका क्रममा पार्टीका सांसदलाई ‘लखेटिएको’ भन्ने दाबीका साथ सार्वजनिक भएका समाचारहरू पूर्ण रूपमा भ्रामक, असत्य तथा गलत सूचना फैलाउने उद्देश्यले प्रेरित रहेको स्पष्ट पारेको छ।
मधेश प्रदेशका महामन्त्री मनिष कुमार साहद्वारा जारी विज्ञप्तिमा कार्यक्रम समापनपछि अत्यधिक भीडका कारण सांसद तथा नेताहरू बाहिरिने क्रममा केही व्यक्तिहरू हलभित्र प्रवेश गरेको उल्लेख गरिएको छ। सोही अवस्थाको भिडियोलाई सन्दर्भविहीन रूपमा प्रस्तुत गर्दै पार्टीभित्रको सामान्य मतभिन्नतालाई अतिरञ्जित गरेर रास्वपाको छवि धुमिल पार्ने प्रयास गरिएको दाबी गरिएको छ।
पार्टीले घटनालाई लिएर विभिन्न माध्यमबाट भइरहेको प्रचारप्रति आपत्ति जनाउँदै यथार्थभन्दा फरक ढंगले प्रस्तुत गरिएका सामग्रीले राजनीतिक संस्कार, सामाजिक सद्भाव तथा जनविश्वासमा नकारात्मक असर पार्ने जनाएको छ।
विज्ञप्तिमार्फत रास्वपाले सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालाहरूलाई कुनै पनि विषयमा समाचार वा टिप्पणी सार्वजनिक गर्नुअघि सत्यतथ्य पुष्टि गर्न आग्रह गरेको छ।
रास्वपाले आफू सधैं पारदर्शिता, सत्य सूचना प्रवाह तथा लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै तथ्यमा आधारित सूचना सम्प्रेषणका लागि सबै पक्षसँग जिम्मेवार भूमिका निर्वाह गर्न अनुरोध गरेको छ।
समाज
थप सामाग्री-
संख्याको दम्भ नदेखाउन सरकारलाई गगन थापाको चेतावनी, पाँच बुँदे प्रश्नसहित जवाफदेही बन्न आग्रह
-
सशस्त्र प्रहरीका दुई महिला आरोहीलाई एक तह बढुवा, सगरमाथा–लोत्से सफल आरोहणको सम्मान
-
आज जेठ ०९ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
सुधन गुरुङको प्रेस काउन्सिलमा उजुरी, ‘पीत पत्रकारिता’ गरेको आरोप लगाउँदै कारबाहीको माग
-
रवि लामिछानेमाथिका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन अदालतको अनुमति, सहकारी ठगी मुद्दा यथावत
एनसेलको बोर्डदेखि सेयर कारोबारसम्म प्रश्नै–प्रश्न : अर्बौं राजस्व विवाद, गोप्य प्रतिवेदन र नियामक निकायको मौनता
१ दिन अगाडि
2.0kViews 243 Shares Share on Facebook Share on Twitter काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेड फेरि एकपटक…



