

रास्वपा बारा बैठकमा तनाव: सांसदहरूलाई प्रहरीले सुरक्षा दिँदै बाहिर निकाल्यो
बारा, जेठ ९ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला विस्तारित बैठकमा शनिबार तनावपूर्ण अवस्था सिर्जना भएको छ। विवाद चर्किएपछि बैठकमा सहभागी केही सांसद तथा केन्द्रीय प्रतिनिधिहरूलाई प्रहरीले सुरक्षा दिँदै कार्यक्रमस्थलबाट बाहिर निकालेको छ।
कलैयामा आयोजित विस्तारित बैठकका क्रममा कार्यकर्ताबीच तीव्र विवाद भएपछि स्थिति असहज बनेको थियो। प्रत्यक्षदर्शीका अनुसार आक्रोशित कार्यकर्ताहरूले केन्द्रबाट खटिएका प्रतिनिधि तथा नेताहरूप्रति असन्तुष्टि जनाउँदै बैठक अवरुद्ध गरेका थिए।
बैठकमा बारा जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित सांसदहरू रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल तथा नेता चन्दन सिंह सहभागी थिए। विवाद उत्कर्षमा पुगेपछि सुरक्षाकर्मीको सक्रियतामा उनीहरूलाई सुरक्षित रूपमा कार्यक्रमस्थलबाट बाहिर निकालिएको जनाइएको छ।
रास्वपा बारा जिल्लाभित्र पछिल्लो समय देखिएको आन्तरिक विवादका कारण बैठक प्रभावित भएको बताइएको छ। केही दिनअघि पार्टीका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको साधारण सदस्यता खारेज गरिएपछि जिल्ला संगठनभित्र असन्तुष्टि बढ्दै गएको थियो।
पार्टी स्रोतका अनुसार बारा जिल्लाबाट निर्वाचित चार सांसदले स्वर्णकारविरुद्ध आर्थिक अनियमितता, संगठन प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको तथा विपक्षी दलका उम्मेदवारको पक्षमा गतिविधि गरेको आरोप लगाउँदै अनुशासन आयोगमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा पार्टीले अनुशासनात्मक कारबाहीस्वरूप उनको सदस्यता खारेज गरेको थियो।
स्वर्णकारमाथिको कारबाहीपछि नयाँ जिल्ला समिति गठनको प्रक्रिया अघि बढाउन केन्द्रले प्रतिनिधि खटाएको थियो। तर उक्त निर्णयप्रति असन्तुष्ट पक्षले विरोध जनाएपछि शनिबारको बैठक विवादमा परिणत भएको हो।
घटनापछि बारा जिल्लामा रास्वपाभित्रको आन्तरिक विवाद थप सतहमा आएको छ भने पार्टी नेतृत्वले परिस्थितिबारे औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ।
समाज
थप सामाग्री-
संख्याको दम्भ नदेखाउन सरकारलाई गगन थापाको चेतावनी, पाँच बुँदे प्रश्नसहित जवाफदेही बन्न आग्रह
-
सशस्त्र प्रहरीका दुई महिला आरोहीलाई एक तह बढुवा, सगरमाथा–लोत्से सफल आरोहणको सम्मान
-
आज जेठ ०९ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
सुधन गुरुङको प्रेस काउन्सिलमा उजुरी, ‘पीत पत्रकारिता’ गरेको आरोप लगाउँदै कारबाहीको माग
-
रवि लामिछानेमाथिका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन अदालतको अनुमति, सहकारी ठगी मुद्दा यथावत
एनसेलको बोर्डदेखि सेयर कारोबारसम्म प्रश्नै–प्रश्न : अर्बौं राजस्व विवाद, गोप्य प्रतिवेदन र नियामक निकायको मौनता
१ दिन अगाडि
2.0kViews 243 Shares Share on Facebook Share on Twitter काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेड फेरि एकपटक…



