चार वर्षपछि सरकारी कर्मचारीको तलब वृद्धि, न्यूनतम स्केल ४० हजार कायम

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि राष्ट्रसेवक कर्मचारीको तलबमा उल्लेख्य वृद्धि गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत आगामी साउन महिनादेखि लागू हुने गरी कर्मचारीको न्यूनतम तलब स्केल ४० हजार रुपैयाँ कायम गरिएको जानकारी दिएका हुन् ।

सरकारले अधिकतम तलब स्केल एक लाख रुपैयाँसम्म निर्धारण गरेको छ । साथै सुरुआती तलब स्केलमा १० प्रतिशत वृद्धि र कार्यसम्पादनमा आधारित थप १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ ।

सरकारले राष्ट्रसेवक कर्मचारीको मर्यादित जीवनयापन सुनिश्चित गर्न तलब वृद्धि आवश्यक भएको जनाएको छ । पछिल्लो चार वर्षदेखि कर्मचारीको तलब वृद्धि नभएको उल्लेख गर्दै सरकारले यसपटक उल्लेख्य रूपमा पारिश्रमिक बढाएको हो ।

बजेटमार्फत गरिएको तलब वृद्धिले कर्मचारीको मनोबल बढ्नुका साथै सार्वजनिक सेवा प्रवाह थप प्रभावकारी हुने सरकारको अपेक्षा छ ।

Facebook Comments Box
TOP
374 Shares