तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ, नेपाल ल्याइयो – ६ करोडभन्दा बढी ठगी मुद्दामा अनुसन्धान

काठमाडौं । ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर आरोपमा फरार रहेकी टिकटकर तुलसा अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।

नेपाल प्रहरीका अनुसार अधिकारीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो। सोही अन्तर्राष्ट्रिय समन्वयका आधारमा उनलाई थाइल्यान्डमा पक्राउ गरी नेपाल ल्याइएको हो। हाल उनलाई ललितपुर प्रहरीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले करिब चार महिनाअघि अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ बराबरको ठगी मुद्दामा ललितपुर जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो।

प्रहरी अनुसन्धानअनुसार पीडितको जाहेरीका आधारमा उनीमाथि ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको हो। प्रारम्भिक अनुसन्धानमा ‘हनी ट्र्याप’ शैली प्रयोग गरी आर्थिक लाभ लिएको आरोपसमेत उनीमाथि लागेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

Facebook Comments Box
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
१ दिन अगाडि

1.7kViews 265 Shares Share on Facebook Share on Twitter मनाङ । जिल्ला प्रहरी कार्यालय मनाङमा ‘गणतन्त्र दिवस २०८३’ को उपलक्ष्यमा…

TOP
345 Shares