

बालेन्द्र शाह सरकारपछि अमेरिकी उच्च अधिकारीको काठमाडौं भ्रमण बढ्दो, उपविदेशमन्त्री सारा बी. रोजर्स आइन्
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि अमेरिकी उच्च अधिकारीहरूको काठमाडौं भ्रमण क्रमशः बढ्दै गएको देखिएको छ । यसैक्रममा अमेरिकी सार्वजनिक कूटनीति हेर्ने उपविदेशमन्त्री सारा बी. रोजर्स शनिबार काठमाडौं आइपुगेकी छिन् ।
उनी वर्तमान सरकार गठनपछि नेपाल भ्रमण गर्ने तेस्रो अमेरिकी अधिकारी हुन् । यसअघि दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर ७ वैशाखमा नेपाल आएका थिए भने १७ वैशाखमा भारतका लागि अमेरिकी राजदूत तथा दक्षिण र पश्चिम एसियाका विशेष दूत सर्जिओ गोरले पनि नेपाल भ्रमण गरिसकेका थिए ।
ओहोदाका हिसाबले रोजर्स हालको सरकार गठनयता नेपाल आउनेमध्ये सबैभन्दा उच्च अमेरिकी अधिकारी मानिन्छिन् । उनी भारतको नयाँदिल्लीबाट शनिबार साँझ काठमाडौं आइपुगेकी हुन् । त्यसअघि शुक्रबार उनी नयाँदिल्ली पुगेकी थिइन् र शनिबार भारतको आगरा पुगेर ताजमहलको अवलोकन गरेकी थिइन् ।
तीनदिने नेपाल भ्रमणका क्रममा उपविदेशमन्त्री रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनाल र सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।
कूटनीतिक स्रोतका अनुसार यो भ्रमणलाई औपचारिक ‘वर्किङ भिजिट’ भन्दा बढी अमेरिकी दूतावासका कार्यक्रमहरूमा सहभागिता र नेपालसँगको सम्बन्ध सुदृढीकरणतर्फ केन्द्रित मानिएको छ । स्रोतले जनाएको छ, “ठोस एजेन्डामा विशेष छलफल हुने सम्भावना कम छ, तर नेपालको नयाँ राजनीतिक परिस्थितिप्रति अमेरिकी समर्थन पुनः व्यक्त गरिनेछ ।”
रोजर्स २०२५ अक्टोबर १० देखि राष्ट्रपति ट्रम्प प्रशासनअन्तर्गत सार्वजनिक कूटनीतिका लागि ११औँ उपविदेशमन्त्रीका रूपमा कार्यरत छिन् । कानुन व्यवसायी तथा वाक् स्वतन्त्रता अभियानकर्ताका रूपमा परिचित उनी नेपालमा अमेरिकी दूतावासद्वारा आयोजित ‘एसेन्ट समिट २०२६’ मा सहभागी हुने कार्यक्रम छ ।
यस वर्ष जेठ ६ गते अमेरिकी दूतावासका सार्वजनिक कूटनीति अधिकारी माइक हार्करले सगरमाथाको सफल आरोहण गरेका थिए । उनको सम्मानमा आयोजना हुने कार्यक्रममा पनि उपविदेशमन्त्री रोजर्स सहभागी हुने बताइएको छ ।
समाज
थप सामाग्री-
ललितपुर पत्रकारिता क्षेत्रमा योगदानको कदर गर्दै विभिन्न पत्रकारहरू सम्मानित
-
काठमाडौँ प्रहरीले ‘लुटेरा विरुद्ध विशेष अप्रेसन’ तीव्र बनायो : जडीबुटीमा गोली चल्दा एक लुटेरा घाइते
-
“निर्देशन मात्र होइन, कार्यान्वयनको नेतृत्वमा आइजीपी दानबहादुर कार्की”
-
राष्ट्रिय महिला अधिकार दिवसमा नविना कार्कीको शुभकामना, महिला सशक्तीकरणमा निरन्तर प्रतिबद्धता व्यक्त
-
आज जेठ १७ गते आइतबार,यस्तो छ तपाईको राशिफल
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
१ दिन अगाडि
1.7kViews 265 Shares Share on Facebook Share on Twitter मनाङ । जिल्ला प्रहरी कार्यालय मनाङमा ‘गणतन्त्र दिवस २०८३’ को उपलक्ष्यमा…



