प्रधानमन्त्रीको अभिव्यक्तिप्रति वर्षमान पुनको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे संसद्मा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।

प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पुनले प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्तै गम्भीर र राष्ट्रिय हितविपरीत रहेको टिप्पणी गरे। उनले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको दाबी गरेको विषय तथ्य र प्रमाणका आधारमा पुष्टि गर्नुपर्ने बताए।

“यो असाध्यै गम्भीर विषय हो। प्रधानमन्त्रीले कुन–कुन ठाउँमा नेपालले भारतको सीमा मिचेको हो भन्ने तथ्य सार्वजनिक गर्नुपर्छ,” पुनले भने, “इतिहास, तथ्य र प्रमाणले कतै पनि नेपालले भारतको भूमि अतिक्रमण गरेको पुष्टि गर्दैन। त्यसैले उहाँले आफ्नो भनाइ तत्काल फिर्ता लिनुपर्छ र राष्ट्रसमक्ष माफी माग्नुपर्छ।”

पुनले संसद्मा व्यक्त भएको उक्त अभिव्यक्ति राष्ट्रिय अभिलेखमा रहन नहुने भन्दै सभामुखले तत्काल रेकर्डबाट हटाउन पहल गर्नुपर्ने माग गरे। उनले भोलिसम्म पनि उक्त विषय संसद्को रेकर्डबाट नहटाइए र प्रधानमन्त्रीले स्पष्टिकरणसहित क्षमा नमागे सदनमा कडा विरोध जनाइने चेतावनी दिए।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा सीमा विवादसम्बन्धी प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि केही स्थानमा भारतको भूमि मिचेको आफूले जानकारी पाएको बताएका थिए। उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा बहस चर्किएको छ।

Facebook Comments Box
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
१ दिन अगाडि

1.7kViews 265 Shares Share on Facebook Share on Twitter मनाङ । जिल्ला प्रहरी कार्यालय मनाङमा ‘गणतन्त्र दिवस २०८३’ को उपलक्ष्यमा…

TOP
411 Shares