

जडिबुटीमा गोली लागेर पक्राउ परेका ‘लुटेरा’ पूर्व प्रहरीको आपराधिक फाइल खुल्दै
काठमाडौं । जडिबुटी क्षेत्रमा प्रहरीको गोली लागेर पक्राउ परेका ४० वर्षीय गणेश कार्की पूर्व प्रहरी कर्मचारी रहेको खुलेको छ। प्रहरीका अनुसार उनी २०६१ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए भने २०६४ सालमै सेवा छाडेर आपराधिक गतिविधिमा संलग्न हुन थालेका थिए।
शनिबार पक्राउ गर्ने क्रममा कार्कीले प्रहरीमाथि खुर्सानीको धुलो छर्कनुका साथै खुकुरी प्रहारको प्रयास गरेपछि गोली चलाउनुपरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। गोली उनको बायाँ खुट्टामा लागेकोछ र हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार कार्की अभद्र व्यवहार, कर्तव्य ज्यान, हातहतियार तथा डाँकाचोरीलगायतका मुद्दामा यसअघि पाँच पटक पक्राउ परिसकेका छन्। केन्द्रीय कारागारबाट २०८२ भदौ २४ गते फरार भएपछि उनी राजधानीका विभिन्न क्षेत्रमा लुटपाटमा सक्रिय भएको आरोप छ।
अनुसन्धानमा उनले आफूलाई प्रहरी भन्दै सर्वसाधारण, लागूऔषध प्रयोगकर्ता तथा विदेश जान लागेका यात्रुलाई लक्षित गरी लुटपाट गर्ने गरेको खुलेको छ। प्रहरीका अनुसार भदौयता उनी कम्तीमा १० वटा आपराधिक घटनामा संलग्न रहेका छन्।
प्रहरीले कार्कीसँगै पक्राउ परेका विष्णु गुरुङसँगको सम्बन्ध, सम्भावित सहयोगी र अन्य घटनामा संलग्नताबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
समाज
थप सामाग्री-
ललितपुर पत्रकारिता क्षेत्रमा योगदानको कदर गर्दै विभिन्न पत्रकारहरू सम्मानित
-
काठमाडौँ प्रहरीले ‘लुटेरा विरुद्ध विशेष अप्रेसन’ तीव्र बनायो : जडीबुटीमा गोली चल्दा एक लुटेरा घाइते
-
“निर्देशन मात्र होइन, कार्यान्वयनको नेतृत्वमा आइजीपी दानबहादुर कार्की”
-
राष्ट्रिय महिला अधिकार दिवसमा नविना कार्कीको शुभकामना, महिला सशक्तीकरणमा निरन्तर प्रतिबद्धता व्यक्त
-
आज जेठ १७ गते आइतबार,यस्तो छ तपाईको राशिफल
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
१ दिन अगाडि
1.7kViews 265 Shares Share on Facebook Share on Twitter मनाङ । जिल्ला प्रहरी कार्यालय मनाङमा ‘गणतन्त्र दिवस २०८३’ को उपलक्ष्यमा…



