देशभर बदलीको प्रभाव : आज पनि वर्षा, चट्याङ र हिमपातको सम्भावना

काठमाडौँ । नेपालको मौसममा हाल विभिन्न वायुप्रणालीको मिश्रित प्रभाव सक्रिय रहेकाले देशका अधिकांश क्षेत्रमा बदली र वर्षाको अवस्था कायम रहने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक फैलिएको न्यून चापीय रेखाको संयुक्त प्रभावका कारण मौसम प्रभावित बनेको हो।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली देखिएको छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। विशेषगरी हिमाली र पहाडी क्षेत्रमा बादल बाक्लिने तथा केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ। यस्तै, कोशी र लुम्बिनी प्रदेशका तराईका केही क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ।

उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने भएकाले पर्वतीय तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्। मेघगर्जन, चट्याङ र वर्षाका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१९ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
225 Shares