

राष्ट्रियसभा बैठक आज बस्दै : वैकल्पिक विकास वित्त विधेयक र बजेटमाथि छलफल सुरु हुने
काठमाडौँ । राष्ट्रियसभा बैठक आज दिउँसो सवा १ बजे बस्ने भएको छ । बैठकमा विभिन्न विधेयक तथा बजेटसम्बन्धी महत्वपूर्ण कार्यसूचीहरू रहेका छन् ।
राष्ट्रियसभा अध्यक्ष नारायण दाहालको अध्यक्षतामा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र औपचारिक रूपमा पढेर सुनाइने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु गर्ने सम्बन्धमा पनि अर्थमन्त्री वाग्लेले नै प्रस्ताव प्रस्तुत गर्ने र छलफल प्रारम्भ गर्ने कार्यसूची तय भएको छ ।
आजको बैठकलाई विधेयक अगाडि बढाउने र बजेटसम्बन्धी छलफल प्रारम्भ गर्ने दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।
समाज
थप सामाग्री
अर्घाखाँची घटनामा अनुसन्धान त्रुटि पुष्टि, तत्कालीन डीएसपी मुकुन्द रिजालसहितमाथि कारबाही सिफारिस
११ घण्टा अगाडि
1.8kViews 303 Shares Share on Facebook Share on Twitter अर्घाखाँची — तीन वर्षअघि अर्घाखाँचीमा भएको एक घटनालाई “भवितव्य मृत्यु” भनेर…



