

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ, लिखत सम्बन्धी कसुरमा अनुसन्धान जारी
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको ८ दिनपछि पर्सा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा पर्साको ठोरी क्षेत्रबाट लुकीछिपी बसिरहेको अवस्थामा गरिएको अपरेसनमार्फत मेयर सिंहलाई पक्राउ गरिएको हो ।
प्रहरी प्रमुख सुदिपराज पाठकका अनुसार पक्राउ पुर्जी जारी भएपछि मेयर सिंह एक पटक अदालतमा उपस्थित भएका थिए । त्यसपछि उनी फरार रहेको र विशेष प्रहरी टोलीले निगरानीका क्रममा नियन्त्रणमा लिएको हो ।
गत १२ गते जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा अदालतले उक्त आदेश दिएको बताइएको छ ।
पक्राउ परेका मेयर सिंहलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
समाज
थप सामाग्री-
तीन वर्षभित्र नतिजा देखाउने प्रतिबद्धता, त्यसपछि जिम्मेवारी नयाँ पुस्तालाई : मन्त्री पुन
-
धनगढीमा १८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ
-
कांग्रेसको आन्तरिक विवाद समाधान प्रयास तीव्र, इतर समूहका नेतासँग संवाद अघि बढाउँदै संस्थापन पक्ष
-
विश्वकप हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइए
-
सुस्ता फेरि प्रश्नको केन्द्रमा : तटबन्ध रोकिएपछि उठेको सीमा र स्वाभिमानको बहस
निर्वाचन प्रहरीका बन्दोबस्ती सामग्री खरिदमा अनियमितता आरोप, अख्तियारले छानबिन तीव्र बनायो
२० घण्टा अगाडि
1.3kViews 393 Shares Share on Facebook Share on Twitter काठमाडौं । तीन महिनाअघि सम्पन्न निर्वाचनका क्रममा निर्वाचन सुरक्षामा खटिएका प्रहरीका…



