

नारायणहिटी दरबार हत्याकाण्ड २५ वर्ष : अझै रहस्यमै बाँकी ऐतिहासिक घटना
काठमाडौँ । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते भएको उक्त घटनाले नेपाली इतिहासमा कहिल्यै नमेटिने गहिरो छाप छोडेको छ ।
राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो । त्यसैगरी घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए ।
घटनाबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय समितिले युवराज दीपेन्द्रलाई घटनाको जिम्मेवार देखाउँदै प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, उक्त निष्कर्षलाई लिएर आजसम्म पनि आमजनमानसमा विभिन्न प्रश्न र आशंका कायमै छन् ।
घटनाको २५ वर्ष बितिसक्दा पनि दरबार हत्याकाण्डको वास्तविक कारण र सम्पूर्ण विवरणलाई लिएर बहस र जिज्ञासा जारी नै छ । विभिन्न समयमा सत्य उजागर गर्ने प्रतिबद्धता जनाइए पनि ठोस प्रगति नदेखिएको टिप्पणी हुँदै आएको छ ।
समाज
थप सामाग्री
अर्घाखाँची घटनामा अनुसन्धान त्रुटि पुष्टि, तत्कालीन डीएसपी मुकुन्द रिजालसहितमाथि कारबाही सिफारिस
१२ घण्टा अगाडि
1.8kViews 303 Shares Share on Facebook Share on Twitter अर्घाखाँची — तीन वर्षअघि अर्घाखाँचीमा भएको एक घटनालाई “भवितव्य मृत्यु” भनेर…



