

रवि लामिछाने दिल्ली पुगे, भाजपा नेताहरूले गरे स्वागत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन्।
उनी केही समयअघि दिल्ली विमानस्थलमा अवतरण गरेका हुन्। विमानस्थलमा उनलाई भारतको सत्तारूढ दल का महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए।
रविलाई पार्टी अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत भ्रमणका लागि गएको बताइएको छ। भ्रमण टोलीमा उनकी पत्नी निकिता लामिछाने, रास्वपाका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य पनि सहभागी छन्।
भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्लीमा विभिन्न उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.2kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





