नेपाल–भारत सम्बन्ध थप सुदृढ गर्न परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण तय

काठमाडौँ । प्रधानमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको हालै सम्पन्न भारत भ्रमण र उच्चस्तरीय राजनीतिक भेटवार्तापछि नेपाल–भारत सम्बन्धलाई थप गतिशील बनाउने उद्देश्यसहित परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण तय भएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा हुन लागेको उक्त भ्रमणमा दुई देशबीचको विकास सहकार्य, व्यापार, लगानी, पूर्वाधार, ऊर्जा तथा आपसी हितका विषयमा विस्तृत छलफल हुने बताइएको छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतीय वाणिज्यमन्त्री पीयूष गोयललगायत उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत उच्चस्तरीय भेटवार्ता भइसकेको सन्दर्भमा यो भ्रमणलाई कूटनीतिक निरन्तरताका रूपमा हेरिएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यसअघि तय भएर स्थगित भएको भ्रमणलाई पुनः तालिका मिलाएर अघि बढाइएको हो। यद्यपि भ्रमणको मिति भने अझै तय भएको छैन।

Facebook Comments Box
अध्ययन बिदा दुरुपयोग प्रकरण : ४१ प्राध्यापकबाट १० करोडभन्दा बढी रकम फिर्ता, असुली प्रक्रिया तीव्र
१० घण्टा अगाडि

1.9kViews 328 Shares Share on Facebook Share on Twitter काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट अध्ययन बिदा लिएर निर्धारित समयपछि…

TOP
326 Shares