

तुलसा अधिकारीको थुनछेक बहस सकियो, आजै हुने थुनामा पठाउने वा धरौटीमा छाड्ने निर्णय
काठमाडौँ । ललितपुर जिल्ला अदालतमा टिकटकमार्फत चर्चामा रहेकी तुलसा अधिकारीविरुद्ध दायर ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा तीन दिनदेखि जारी थुनछेक बहस सम्पन्न भएको छ। अब अदालतले आजै उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने विषयमा निर्णय सुनाउने भएको छ।
न्यायाधीश टेकनाथ गौतमको इजलासमा भएको बहसमा सरकारी पक्षका तर्फबाट तीन जना सरकारी वकिलले जवाफी बहस गरेका थिए भने अधिकारीको पक्षबाट आठ जना कानुन व्यवसायीले प्रतिरक्षा गरेका थिए।
थुनछेक बहस सकिएसँगै अदालतले प्रतिवादीको बयान, अभियोजन पक्षले पेश गरेका प्रमाण तथा दुवै पक्षका कानुनी तर्कको मूल्याङ्कन गर्दै आदेश जारी गर्ने तयारी गरेको छ।
अधिकारीलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को समन्वयमा थाइल्यान्डबाट पक्राउ गरी गत शनिबार राति नेपाल ल्याइएको थियो। फरार रहेको अवस्थामा उनीविरुद्धको अनुसन्धान अघि बढाइएको थियो।
जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले एक व्यवसायीको जाहेरीका आधारमा २०८२ चैतमा अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो दाबी गर्दै ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामा तुलसा अधिकारीसहित १० जना प्रतिवादी रहेका छन्। बहुचर्चित बनेको यस प्रकरणमा आज आउने अदालतको आदेशले मुद्दाको आगामी कानुनी प्रक्रियाको दिशा तय गर्नेछ।
समाज
थप सामाग्री-
शीतल निवासबाट चोरी भएको हात्तीको दाह्रा प्रकरणका ५ जना पक्राउ, दाह्रा र लागुऔषध बरामद
-
काठमाडौं उपत्यकामा १६ नयाँ विद्युतीय बस सञ्चालनमा, चक्रपथमा नियमित सेवा सुरु
-
तनहुँमा एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा ७ घाइते, एकको अवस्था गम्भीर
-
कोरला नाका हुँदै भित्रिएका ७५० विद्युतीय सवारीसाधन नियन्त्रणमा, भन्सार जाँच प्रक्रिया सुरु
-
सीमासम्बन्धी अभिव्यक्तिबारे प्रधानमन्त्री बालेन शाहले संसद्मा थप जवाफ नदिने
अध्ययन बिदा दुरुपयोग प्रकरण : ४१ प्राध्यापकबाट १० करोडभन्दा बढी रकम फिर्ता, असुली प्रक्रिया तीव्र
१० घण्टा अगाडि
1.8kViews 328 Shares Share on Facebook Share on Twitter काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट अध्ययन बिदा लिएर निर्धारित समयपछि…



