सम्पर्कविहीन निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन मन्त्रालयको निर्देशन

काठमाडौँ । सरकारले सम्पर्कविहीन रहेका निजामती कर्मचारीहरूलाई आगामी तीन दिनभित्र अनिवार्य रूपमा कार्यालयमा हाजिर हुन आह्वान गरेको छ।

मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै अध्ययन बिदा तथा असाधारण बिदामा बसेका कर्मचारीहरूलाई समेत तत्काल सम्पर्कमा आउन निर्देशन दिएको हो।

सूचनामा तोकिएको समयसीमाभित्र सम्पर्कमा नआउने कर्मचारीहरूविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।

मन्त्रालयले प्रशासनिक अनुशासन कायम राख्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउन यस्तो निर्देशन जारी गरिएको जनाएको छ।

Facebook Comments Box
TOP
321 Shares