

अण्डाको समर्थन मूल्य पुनः वृद्धि, चितवन लेयर्स कुखुरापालक संघद्वारा नयाँ दररेट लागू
चितवन — नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म समर्थन मूल्य पुनः वृद्धि गरेको छ। संघले देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श र सिफारिसका आधारमा नयाँ मूल्य निर्धारण गर्दै आजदेखि लागू हुने जनाएको हो।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार चितवनलाई मुख्य आधार क्षेत्र मानी तय गरिएको नयाँ दररेट अनुसार एक्सएल अण्डाको मूल्य प्रति क्रेट (३० वटा) रु ५६०, ठूलो अण्डाको रु ५४५, मिडियम अण्डाको रु ५१५ तथा सानो अण्डाको प्रति पेटी रु ३ हजार कायम गरिएको छ। यसअनुसार खुद्रा बजारमा अण्डाको मूल्य करिब रु २५ प्रति गोटा पुगेको छ।
नेपाल लेयर्स कुखुरापालक संघ ले व्यवसायी तथा सरोकारवालालाई तोकिएको मूल्यअनुसार कारोबार गर्न आग्रह गरेको छ। अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतारचढाव तथा किसानको बढ्दो लागतलाई ध्यानमा राख्दै मूल्य समायोजन गरिएको बताए।
पछिल्लो एक महिनामा अण्डाको मूल्य निरन्तर बढ्दो क्रममा देखिएको छ। वैशाख २४ गते एक्सएल अण्डाको मूल्य प्रति क्रेट रु ४६५ रहेकोमा हाल रु ५६० पुगेको छ, जसले करिब रु ९५ अर्थात् झण्डै २० प्रतिशत वृद्धि देखाउँछ।
त्यसैगरी, ठूलो अण्डा रु ४९० बाट बढेर रु ५४५, मिडियम अण्डा रु ४०० बाट रु ५१५ तथा सानो अण्डाको प्रति पेटी रु २ हजार ३०० बाट बढेर रु ३ हजार पुगेको छ।
संघका अनुसार पछिल्ला केही सातादेखि उत्पादन घट्नुका साथै बजार माग बढेपछि मूल्यमा निरन्तर वृद्धि भएको हो। दाना, औषधि तथा अन्य उत्पादन सामग्रीको लागत बढेकाले मूल्य समायोजन अपरिहार्य बनेको अध्यक्ष पोखरेलको भनाइ छ।
हाल अण्डाको उत्पादन लागत प्रतिगोटा करिब रु १९.१२ पर्ने उल्लेख गर्दै संघले नयाँ समर्थन मूल्य लागू भएपछि किसानले लागत नजिकको मूल्य पाउन थालेको र लामो समयपछि केही राहत महसुस भएको जनाएको छ।
समाज
थप सामाग्री-
एआईजी सरुवा रोकिँदा प्रहरी संगठनमा बढ्यो असन्तुष्टि, जिम्मेवारी हेरफेरको पर्खाइमा वरिष्ठ अधिकारी
-
काठमाडौँ महानगरद्वारा विश्व वातावरण दिवसमा ४४९ बिरुवा रोपण, हरियाली प्रवर्द्धनमा जोड
-
भोजपुरमा सांसद ध्रुवराज राईविरुद्ध ६ सय बाँदर मारेको आरोपमा उजुरी, अनुसन्धानको माग
-
एसपी रुपेश खड्का धनुषा प्रहरी प्रमुखमा, शान्ति सुरक्षामा सुधारको अपेक्षा
-
ललितपुर प्रहरी परिसरबाट एसएसपी होबिन्द्र बोगटीको बिदाइ, सफल कार्यकालको प्रशंसा
आजको राशिफल : पाथीभरा माताले रक्षा गरुन
६ घण्टा अगाडि
1.8kViews 274 Shares Share on Facebook Share on Twitter मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) आज…



