

नेपाल फाइनलमा प्रवेश : ओमानलाई ८ विकेटले सहज पराजित गर्दै एसियन गेम्स छनोटमा उत्कृष्ट प्रदर्शन
काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगितामा नेपालले शानदार प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार बिहान सिंगा ओभल मैदानमा सम्पन्न सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले सहज रूपमा पराजित गर्यो।
पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा मात्र ९४ रनमै अलआउट भयो। ओमानका कप्तान सुफियान मेहमुदले सर्वाधिक ३८ रन बनाए भने जुबेर अली अकबरले २२ रनको योगदान दिए। अन्य ब्याटरहरू नेपाली बलिङ आक्रमणसामु टिक्न सकेनन्।
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै ओमानलाई सानो योगफलमा रोक्न सफल भए। करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे। शाहब आलम, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले एक–एक विकेट लिए।
९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ९.२ ओभरमै २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। ओपनर कुशल भुर्तेलले २० रन बनाए भने आसिफ शेख १ रनमै आउट भए। त्यसपछि लोकेश बमले आक्रामक ब्याटिङ गर्दै अविजित ४४ रनको उत्कृष्ट इनिङ खेले। कप्तान रोहित पौडेल २१ रनमा नटआउट रहेर जित सुनिश्चित गरे।
यस जितसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ। अब उपाधिका लागि नेपालले हङकङ र मलेसियाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल आइतबार दिउँसो १२:१५ बजे सुरु हुनेछ।
नेपालसहित सेमिफाइनल पुगेका चारै टोलीले एसियन गेम्सका लागि छनोट सुनिश्चित गरिसकेका छन्।
समाज
थप सामाग्री-
कम्बोडियामा अलपत्र ६६ नेपालीलाई तत्काल स्वदेश फर्किन दूतावासको आग्रह, कडा कानुनी कारबाहीको चेतावनी
-
सिरहामा एसईई र कक्षा–१२ परीक्षाका जफत मोबाइल नष्ट, विद्यार्थी संगठन आन्दोलित
-
पोखरामा दिउँसै घर फोडेर चोरी गर्दै गरेको अवस्थामा युवक पक्राउ
-
मधेश प्रहरीमा अनुशासन र कार्यसम्पादन सुदृढ गर्न डीआईजी थपलियाको सक्रियता, स्पष्टीकरण प्रक्रिया नियमित प्रशासनिक अभ्यास भएको प्रदेश प्रहरीको दाबी
-
आईजीपी कार्कीको कडा निर्देशनपछि देशभर एकैदिन ठूलो अपरेसन : ७ जिल्लामा २३ लागुऔषध कारोबारी पक्राउ
आज जेठ २४ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
१५ घण्टा अगाडि
2.0kViews 122 Shares Share on Facebook Share on Twitter आजको राशिफल मेष आज मन चञ्चल रहनेछ। नयाँ कुरा जान्ने र…



