

सुनचाँदी बजारमा ठूलो गिरावट : सुन तोलामा १ हजार र चाँदी ३३५ रुपैयाँले घट्यो
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आइतबार मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घट्दै तीन लाख आठ हजार रुपैयाँ कायम भएको छ।
गत शुक्रबार प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा कारोबार भएको सुन आज घटेर तीन लाख आठ हजार रुपैयाँमा झरेको हो।
यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य कमी आएको छ। महासंघका अनुसार प्रतितोला चाँदी ३३५ रुपैयाँले घटेर चार हजार ८९५ रुपैयाँ निर्धारण गरिएको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला पाँच हजार २३० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत देखिएको व्यवसायीहरू बताउँछन्। पछिल्ला दिनमा लगातार उच्च मूल्य कायम गरेको सुनचाँदीमा आएको यो गिरावटले खरिदकर्तालाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
कम्बोडियामा अलपत्र ६६ नेपालीलाई तत्काल स्वदेश फर्किन दूतावासको आग्रह, कडा कानुनी कारबाहीको चेतावनी
-
सिरहामा एसईई र कक्षा–१२ परीक्षाका जफत मोबाइल नष्ट, विद्यार्थी संगठन आन्दोलित
-
पोखरामा दिउँसै घर फोडेर चोरी गर्दै गरेको अवस्थामा युवक पक्राउ
-
मधेश प्रहरीमा अनुशासन र कार्यसम्पादन सुदृढ गर्न डीआईजी थपलियाको सक्रियता, स्पष्टीकरण प्रक्रिया नियमित प्रशासनिक अभ्यास भएको प्रदेश प्रहरीको दाबी
-
आईजीपी कार्कीको कडा निर्देशनपछि देशभर एकैदिन ठूलो अपरेसन : ७ जिल्लामा २३ लागुऔषध कारोबारी पक्राउ
आज जेठ २४ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
१६ घण्टा अगाडि
2.0kViews 122 Shares Share on Facebook Share on Twitter आजको राशिफल मेष आज मन चञ्चल रहनेछ। नयाँ कुरा जान्ने र…



