ललितपुरमा स्पा सञ्चालिका मानव बेचबिखन मुद्दामा पक्राउ

ललितपुर । बालिकालाई अनैतिक कार्यमा संलग्न गराएको आरोपमा ललितपुरस्थित सानेपा क्षेत्रबाट एक स्पा सेन्टरकी सञ्चालिका पक्राउ परेकी छन्।

ललितपुर महानगरपालिका–२ सानेपा, अरूणथापा चोकस्थित शुकल्प स्पा एण्ड थेरापी सञ्चालन गर्दै आएकी गोरखाको सिरानचोक गाउँपालिका–३ की सुमन थापा मगर (कुमाल) लाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले स्पा सेन्टरमा कार्यरत एक बालिकालाई विभिन्न प्रलोभनमा पारी तथा ललाईफकाई ग्राहकको इच्छाअनुसार जबरजस्ती अनैतिक कार्य गराउन लगाएको भन्ने सूचना प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको थियो।

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

हाल उनलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा पक्राउ पुर्जीसहित जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
एसएसपी सुरेश काफ्लेको नेतृत्वमा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा नयाँ ऊर्जा, जिम्मेवारी सम्हाल्दै कार्यदिशा स्पष्ट
१२ घण्टा अगाडि

1.7kViews 350 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका एसएसपी…

TOP
244 Shares