

कांग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने
काठमाडौं: नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले फागुन १० गतेभित्र वडादेखि महासमितिसम्मका अधिवेशनहरु हुने बताए।
‘अधिवेशन हुन बाँकी रहेका जिल्लाको हमा फागुन १३ गते र त्यसअघि फागुन १० गतेभित्र तल्लो तह, कतिपय वडा, पालिका र महासमितिसम्मका अधिवेशनहरु सम्पन्न हुनेछन्,’ संयोजक घिमिरेले अन्नपूर्णसँग भने।
उनले सकेसम्म १३ भित्रै अधिवेशन सम्पन्न गर्ने बताए। ‘काउन्टिङ गरेर ढिला भए फागुन १४ सम्म जाला। १५ गतेभित्र हामी सबै पक्रिया सकाउछौं,’ उनले भने। पार्टीको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अधिवेशन हुन बाँकी रहेको जिल्लाको हकमा मिति तोक्न निर्वाचन समितिलाई आग्रह गरेको थियो। १४औँ महाधिवेशनका बेला क्रियाशील सदस्यताको विवाद नटुंगिएकाले १६ जिल्लाको अधिवेशन हुन सकेको थिएन। जसमा सप्तरी, सिरहा, धनुषा, महात्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा अधिवेशन हुन बाँकी छ।
समाज
थप सामाग्री-
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२६ विविध कार्यक्रमसहित सम्पन्न
-
प्रहरी कार्य समीक्षा सम्मेलन, २०८३ सम्पन्न : आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा संगठन सुधार र आधुनिक प्रहरी सेवामा जोड
-
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
२१ घण्टा अगाडि
1.7kViews 204 Shares Share on Facebook Share on Twitter काठमाडौँ । रातोघर फाउन्डेसनले “रातोघर साहित्य उत्सव–२०८३” आयोजना गर्ने भएको छ…





