

सत्यमोहन जोशी विश्वभरिका मानव समुदायलाई उत्प्रेरणाको श्रोत ः प्रचण्ड
काठमाडौं, ३१ असोज ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संघिय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज निधन भएका १०३ वर्षीय शताव्दी पुरुष सत्यमोहन जोशी विश्वभरीका माव समुदायको लागि उत्प्रेरणाको श्रोत भएको बताउनुभएको छ ।
जोशीप्रति श्रद्धान्जली व्यक्त गर्दै प्रचण्डले जोशीले गर्नुभएको योगदान सम्पूर्ण नेपालीका लागि चीर स्मरणीय रहने बताउनुभएको छ । जोशीको शोकमा वक्तव्य प्रकाशीत गर्दे प्रचण्डले नेपाल सरकार र नेपाली जनताले उहाँको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने विश्वास आफूले लिएको बताउनुभएको छ । प्रचण्ड आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा गोरखाको षेत्र नं २ मा सत्तारुढ गठबन्धनको साभाm उमेदवारको रुपमा रहनुभएको छ ।
प्रचण्डले जारी गरेको शोक वक्तव्यको पुरा पाठ
नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको आज बिहान १०३ वर्षको उमेरमा दुःखद् निधन भएको खबरले हामी सबै नेपालीलाई स्तब्ध बनाएको छ । उहाँको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।
नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाई स्थापित गर्न उहाँले गर्नुभएको योगदान सम्पूर्ण नेपालीका लागि चीर स्मरणीय रहनुका साथै १०३ वर्षको उमेरमा पनि उहाँको सामाजिक क्रियाशीलता विश्वभरिका मानव समुदायलाई उत्पे्ररणाको श्रोत बनेर रहने छ ।
नेपाल सरकार र नेपाली जनताले उहाँको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने छन् भन्ने मैले विश्वास लिएको छु ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



