

अत्यधिक गर्मी र ‘लु’ को प्रभाव: नेपालगन्जका सबै विद्यालय चार दिन बन्द
नेपालगन्ज । अत्यधिक गर्मी र तातो हावा ‘लु’ को प्रभाव बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिकाभित्रका सबै विद्यालय चार दिनका लागि बन्द गरिएको छ।
उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाले अत्यधिक तापक्रमका कारण पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम देखिएपछि यो निर्णय गरिएको जनाएको छ।
महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार सामुदायिक, संस्थागत तथा धार्मिक सबै विद्यालयमा २६ देखि २९ जेठसम्म पठनपाठन स्थगित गरिनेछ।
थापाले भने, “अत्यधिक गर्मीका कारण विद्यार्थीलाई विद्यालय आवतजावतमा कठिनाइ भई उनीहरूको स्वास्थ्यमा असर पर्ने जोखिम देखिएकाले, साथै जल तथा मौसम विज्ञान विभागलगायत सरोकारवालाको सुझावसमेतका आधारमा चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।”
यसअघि छिमेकी कोहलपुर नगरपालिकाले पनि गर्मी बढेपछि विद्यालय बिदा घोषणा गरिसकेको छ। कोहलपुरमा २५ देखि २७ जेठसम्म सबै विद्यालय बन्द गरिएको थियो।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





