प्रतिनिधिसभा बैठक आज बस्दै, बजेटसम्बन्धी छलफल सुरु हुने कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैठकमा वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । त्यसपछि सो प्रस्तावमाथि छलफल सुरु हुने र छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ पनि अर्थमन्त्रीले दिने कार्यसूची रहेको छ ।

त्यसैगरी अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने तथा सो विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । साथै, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई पनि प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने तथा सो विधेयक प्रस्तुत गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

यसैबीच, सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरिएको जानकारी गराउने तथा वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ राष्ट्रिय सभाबाट अवधि भित्र फिर्ता नभएको सम्बन्धमा जानकारी गराउने कार्यक्रम पनि रहेको छ ।

यसैबीच, प्रधानमन्त्री बालेन शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै विपक्षी दलहरूले निरन्तर संसद् बैठक अवरोध गर्दै आएका छन् । सोही कारण आजको बैठक कार्यसूचीअनुसार अघि बढ्ने वा नबढ्ने भन्ने विषय भने अनिश्चित रहेको छ ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
373 Shares