इरानको कडा सन्देश– ‘राष्ट्रिय सुरक्षामा सम्झौता हुँदैन’, मध्यपूर्व तनावबीच तेल बजार प्रभावित

इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आफ्नो देशको पहिलो प्राथमिकता राष्ट्रिय सुरक्षा र नागरिकको शान्ति रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत जारी वक्तव्यमा उनले इरानले आफ्नो अधिकारको दृढतापूर्वक रक्षा गर्ने र कुनै पनि धम्की वा दबाबसामु नझुक्ने स्पष्ट सन्देश दिएका छन्।

राष्ट्रपति पेजेस्कियानले इरानको शक्ति केवल सैन्य क्षमतामा मात्र नभई कूटनीतिक वार्तामा समेत रहेको उल्लेख गर्दै आफ्नो देशले न रक्षात्मक तयारी त्यागेको छ, न संवादको ढोका बन्द गरेको बताएका छन्।

इरानले यसअघि नै इजरायलले आफ्नो सैन्य गतिविधि जारी राखे वा दक्षिणी लेबनान क्षेत्रमा पुनः आक्रमण गरे त्यसको पहिलेभन्दा कडा जवाफ दिने चेतावनी दिएको थियो। पछिल्लो अडानले मध्यपूर्वमा तनाव अझै कायम रहेको देखाएको छ।

रिपोर्टहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई इरानमाथि थप जवाफी हमला नगर्न आग्रह गरेको बताइएको छ। अमेरिकाले इरानसँग कूटनीतिक समाधान खोज्न चाहेको संकेत दिए पनि इजरायलको सुरक्षा नीतिलाई लिएर दुई पक्षबीच मतभेद देखिएको चर्चा भइरहेको छ।

यता, मध्यपूर्वमा बढ्दो तनावले अन्तर्राष्ट्रिय तेल बजारमा समेत असर पारेको छ। क्षेत्रीय द्वन्द्वका कारण तेल आपूर्ति प्रभावित हुन सक्ने आशंकाले कच्चा तेलको मूल्य वृद्धि भएको छ।

अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेल प्रतिब्यारेल ९४.३८ अमेरिकी डलर र डब्लुटीआई कच्चा तेल ९१.४१ डलर आसपास कारोबार भइरहेको बताइएको छ।

अमेरिका र इरानबीच जारी वार्ता जुनको अन्त्यसम्म कुनै निष्कर्षमा पुग्न सक्ने अपेक्षा गरिएको छ। इरानले वार्ता जारी राख्ने संकेत दिए पनि राष्ट्रिय सुरक्षाको विषयमा आफ्नो अडान कायम राखेको छ।

मध्यपूर्वको पछिल्लो अवस्थाले सैन्य तनाव, कूटनीतिक प्रयास र विश्व ऊर्जा बजारलाई एकैपटक प्रभावित बनाइरहेको छ।

Facebook Comments Box
नविना खत्री कार्कीको प्रमुख आतिथ्यमा हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
१७ घण्टा अगाडि

2.1kViews 198 Shares Share on Facebook Share on Twitter काठमाडौं । सामाखुशीस्थित हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव कार्यक्रम नेपाल प्रहरी श्रीमती…

TOP
411 Shares