

एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोजमा, ६ टोलीले प्रतिस्पर्धा गर्ने
काठमाडौं । एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आगामी असोजमा आयोजना हुने भएको छ।
आयोजक इन्फिनिटी ड्रिम्सका अनुसार प्रतियोगिता असोज ८ गतेदेखि १७ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ।
सहभागी फ्रेन्चाइज टोली तथा सरोकारवालासँग छलफलपछि प्रतियोगिताको मिति तय गरिएको आयोजकले जनाएको छ।
लिगको तेस्रो संस्करणमा अघिल्ला दुई संस्करणको विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ टोलीले सहभागिता जनाउनेछन्।
एभरेष्ट महिला भलिबल लिगका दुवै संस्करणको उपाधि कर्णाली यशविसले जितेको थियो। प्रतियोगिताको पहिलो संस्करण काठमाडौंमा आयोजना भएको थियो भने दोस्रो संस्करण पोखरामा सञ्चालन गरिएको थियो।
एसियाकै पहिलो महिला फ्रेन्चाइज भलिबल लिगका रूपमा परिचित यस प्रतियोगिताले नेपाली महिला भलिबलको विकास, खेलाडीको व्यावसायिक अवसर र खेलको प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेको छ।
लिगका प्राविधिक निर्देशक जगदिश भट्टले तेस्रो संस्करणलाई अझ भव्य बनाउने तयारी भइरहेको बताएका छन्।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल स्तरोन्नतिपछि काभा महिला भलिबल प्रतियोगितालगायत राष्ट्रियस्तरका विभिन्न प्रतियोगिता आयोजना भइसकेकाले यसपटक पुनः काठमाडौंमै लिग सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।
समाज
थप सामाग्री-
धादिङको नरसिंह धाम : आस्था, इतिहास र प्राकृतिक सौन्दर्यको संगम
-
QR कोडसहित ‘सुरक्षित चालक पोशाक’ वितरण, डीआईजी घिमिरेले भने– “सुरक्षित चालक नै सुरक्षित यात्राको आधार”
-
विराटनगर विमानस्थलका चार होटललाई जनही ३ लाख जरिवाना, यात्रुसँग दोब्बर–तेब्बर मूल्य असुलेको पुष्टि
-
साहित्यकार गणेश खड्काको “नक्शामा नभएको देश” सेसेल्समा लोकार्पण
-
आज जेठ २७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
नविना खत्री कार्कीको प्रमुख आतिथ्यमा हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
१७ घण्टा अगाडि
2.1kViews 198 Shares Share on Facebook Share on Twitter काठमाडौं । सामाखुशीस्थित हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव कार्यक्रम नेपाल प्रहरी श्रीमती…



