धनगढीमा १८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ

धनगढी, कैलाली । कैलालीमा १८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१६ का २१ वर्षीय प्रदीप चन्दसहित १६ र १७ वर्ष उमेरका दुई किशोर रहेका छन्। उनीहरूलाई आइतबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार गत जेठ २१ गते राति घटना भएको भन्दै पीडित पक्षले उजुरी दिएपछि अनुसन्धान सुरु गरिएको हो। उजुरीपछि अस्थायी प्रहरी पोस्ट बेहडाबाबाबाट खटिएको टोलीले आरोपितहरूलाई पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले आरोपितहरूविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले पीडितको स्वास्थ्य परीक्षण सम्पन्न गरी परिवारको जिम्मा लगाइएको जनाएको छ। घटनामा संलग्नमध्ये एक जना युवतीसँग चिनजान तथा प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पनि प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
424 Shares