

एसपी अपिल राज बोहराको नेतृत्वमा ५७औँ वार्षिकोत्सव भव्य : विजेता खेलाडीलाई सम्मान, मनोबल उच्च बनाउने अभियानको प्रशंसा
काठमाडौं । नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १ नक्सालको ५७औँ वार्षिकोत्सव विविध खेलकुद कार्यक्रम तथा पुरस्कार वितरण समारोहका साथ भव्य रूपमा सम्पन्न भएको छ। वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्ने प्रहरी कर्मचारीहरूलाई गण प्रमुख प्रहरी उपरीक्षक (एसपी) अपिल राज बोहराले पुरस्कार, प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गर्दै सम्मानित गरेका हुन्।
गण प्रमुख एसपी बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहायक गण प्रमुख युवराज भण्डारी, वरिष्ठ प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा एसपी बोहराले खेलकुदले संगठनभित्र अनुशासन, एकता, आपसी सद्भाव तथा शारीरिक–मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने भएकाले यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
वार्षिकोत्सवको अवसरमा रस्साकस्सी, हाजिरीजवाफ, हतियार खोलजोड, चम्चा–गुच्चा दौड, छोटो दूरी दौड, ब्याडमिन्टन, टेबल टेनिस, बोरा दौड, म्युजिकल चेयर, घैँटो फुटाउने प्रतियोगिता तथा फुटबललगायतका खेलकुद कार्यक्रम आयोजना गरिएको थियो। विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै प्रहरी कर्मचारीहरूले पुरस्कार जितेका थिए।
प्रतियोगिताहरूमा महिला रस्साकस्सीमा प्रहरी हवल्दार आशा थारुको समूह, हाजिरीजवाफमा प्रहरी सहायक निरीक्षक दिवाकर पराजुलीको समूह तथा हतियार खोलजोडतर्फ प्रहरी जवान नवाव कोइराला प्रथम र प्रहरी जवान सुजन मग्राती द्वितीय भएका थिए। यस्तै, चम्चा–गुच्चा दौडमा महिला तर्फ प्रहरी जवान रन्जिना कुमारी चौधरी तथा पुरुषतर्फ प्रहरी सहायक हवल्दार लक्ष्मण गुरुङ विजयी बनेका थिए।
छोटो दूरीको २०० मिटर दौडमा ४० वर्षमाथि प्रहरी वरिष्ठ नायव निरीक्षक राजमान द्वारे तथा ४० वर्षमुनि प्रहरी जवान बाबुराम भुजेल प्रथम भएका थिए। ब्याडमिन्टनमा प्रहरी हवल्दार धनबहादुर स्याङतान र प्रहरी सहायक हवल्दार हरिबहादुर सिंहको जोडी उत्कृष्ट रह्यो भने टेबल टेनिसमा प्रहरी हवल्दार रामकुमार कार्की र प्रहरी सहायक हवल्दार हरिबहादुर सिंह विजयी भए।
फुटबल प्रतियोगितामा मुख्यालय प्रथम तथा द्वितीय गुल्म नं. २ उपविजेता बनेको थियो। प्रतियोगितामा जितेन्द्र खाँ थारु सर्वाधिक गोलकर्ता घोषित भएका थिए।
कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरूले एसपी अपिल राज बोहराको नेतृत्व शैलीको खुलेर प्रशंसा गरेका थिए। संगठनभित्र खेलकुद, क्षमता विकास, कल्याणकारी कार्यक्रम तथा सकारात्मक कार्यसंस्कृतिलाई प्राथमिकता दिँदै कर्मचारीहरूको मनोबल उच्च बनाउने कार्यमा एसपी बोहराले महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ थियो।
प्रहरी संगठनभित्र व्यावसायिकता, अनुशासन र पारिवारिक वातावरण सुदृढ बनाउन एसपी बोहराले खेलेको सक्रिय भूमिकाका कारण गणमा उत्साह र एकताको भावना अझ मजबुत बनेको समेत बताइएको छ। वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमले प्रहरी कर्मचारीहरूबीच आपसी सम्बन्ध थप प्रगाढ बनाउनुका साथै संगठनप्रतिको समर्पण र जिम्मेवारीबोधलाई अझ सशक्त बनाएको सहभागीहरूले बताएका छन्।
समाज
थप सामाग्री-
धादिङको नरसिंह धाम : आस्था, इतिहास र प्राकृतिक सौन्दर्यको संगम
-
QR कोडसहित ‘सुरक्षित चालक पोशाक’ वितरण, डीआईजी घिमिरेले भने– “सुरक्षित चालक नै सुरक्षित यात्राको आधार”
-
विराटनगर विमानस्थलका चार होटललाई जनही ३ लाख जरिवाना, यात्रुसँग दोब्बर–तेब्बर मूल्य असुलेको पुष्टि
-
साहित्यकार गणेश खड्काको “नक्शामा नभएको देश” सेसेल्समा लोकार्पण
-
आज जेठ २७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
नविना खत्री कार्कीको प्रमुख आतिथ्यमा हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
८ घण्टा अगाडि
1.9kViews 198 Shares Share on Facebook Share on Twitter काठमाडौं । सामाखुशीस्थित हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव कार्यक्रम नेपाल प्रहरी श्रीमती…



