

प्रतिनिधिसभा बैठक आज बस्दै, बजेटमाथि छलफल सुरु हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची रहेको छ ।
कार्यसूचीअनुसार बजेटमाथि छलफलका क्रममा सांसदहरूले उठाउने प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिनेछन् । त्यसैगरी अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी जानकारी गराउने विषय पनि कार्यसूचीमा समावेश छन् ।
त्यस्तै बैठकमा विनियोजन विधेयक प्रस्तुत गर्ने र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूचीसमेत रहेको संसद् सचिवालयले जनाएको छ ।
यद्यपि प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले लगातार सदन अवरुद्ध गर्दै आएकाले आजको बैठक कार्यसूचीमा प्रवेश गर्ने वा नगर्ने विषय भने अनिश्चित बनेको छ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



