

काठमाडौंमा अनलाइनमार्फत यौनधन्दा सञ्चालन गरेको आरोपमा १६ जना पक्राउ
काठमाडौँ । सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटेलहरूमा यौनजन्य अनैतिक गतिविधि सञ्चालन गरेको आरोपमा प्रहरीले काठमाडौँबाट १६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका–२ का ३३ वर्षीय होटेल सञ्चालक विकास भुलन, सर्लाही लालबन्दी नगरपालिका–१४ का ३४ वर्षीय सुनील तामाङ, मकवानपुर बकैया गाउँपालिका–८ का २८ वर्षीय विवेक स्याङ्तान तथा काठमाडौँ महानगरपालिका–९ शम्भुमार्ग बस्ने राजकुमार गौतम रहेका छन्।
त्यस्तै पेमा लामा, अन्जली धिमाल, लक्ष्मी मगर, सम्झना थापा, एलिना तामाङ, कमला माया लामा, फुर्वामाया तामाङ, शिवानी सुनार, रोशनी लामा, सपना बम, उमादेवी गुरुङ र प्रिया तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले फेसबुक, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमार्फत युवतीहरूको फोटो तथा भिडियो देखाई ग्राहकसँग मोलमोलाइ गर्ने, सेटिङ मिलाउने तथा ट्याक्सी र निजी सवारीसाधन प्रयोग गरी गौशालाको शम्भुमार्ग र बत्तीसपुतली क्षेत्रका विभिन्न होटेलमा पुर्याई यौनजन्य गतिविधि गराउने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
समाज
थप सामाग्री-
धादिङको नरसिंह धाम : आस्था, इतिहास र प्राकृतिक सौन्दर्यको संगम
-
QR कोडसहित ‘सुरक्षित चालक पोशाक’ वितरण, डीआईजी घिमिरेले भने– “सुरक्षित चालक नै सुरक्षित यात्राको आधार”
-
विराटनगर विमानस्थलका चार होटललाई जनही ३ लाख जरिवाना, यात्रुसँग दोब्बर–तेब्बर मूल्य असुलेको पुष्टि
-
साहित्यकार गणेश खड्काको “नक्शामा नभएको देश” सेसेल्समा लोकार्पण
-
आज जेठ २७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
नविना खत्री कार्कीको प्रमुख आतिथ्यमा हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
९ घण्टा अगाडि
2.1kViews 198 Shares Share on Facebook Share on Twitter काठमाडौं । सामाखुशीस्थित हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव कार्यक्रम नेपाल प्रहरी श्रीमती…



