अर्थमन्त्री वाग्लेको गम्भीर आरोप: प्रधानमन्त्री र आफूविरुद्ध नियोजित घेराबन्दी र आक्रमणको आशंका

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री र आफूलाई लक्षित गर्दै नियोजित घेराबन्दी र आक्रमणको प्रयास भइरहेको आशंका व्यक्त गरेका छन्।

अर्थमन्त्री वाग्लेले नेपाली इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराधसँग सम्बन्धित अनुसन्धान सरकारले अघि बढाइरहेको दाबी गर्दै केही समूहहरू असन्तुष्ट बनेको बताएका छन्।

उनका अनुसार, उक्त प्रकरण अदालतसम्म पुग्ने चरणमा रहेको र त्यसैसँग जोडिएका पक्षहरूबाट सरकार तथा नेतृत्वविरुद्ध गतिविधि हुन सक्ने संकेत देखिएको छ।

“प्रधानमन्त्रीज्यू र ममाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ। नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको छ। केही दिनमा यो विषय अदालत पुग्दैछ। हामीसँग रुष्ट तिनै समूहबाट पालित–पोषित तत्वहरूबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको मलाई शंका लागेको छ,” उनले भने।

अर्थमन्त्री वाग्लेले अनुसन्धान र कानुनी प्रक्रियालाई प्रभावित पार्ने प्रयासहरूबारे सरकार सजग रहेको समेत संकेत गरेका छन्।

Facebook Comments Box
नविना खत्री कार्कीको प्रमुख आतिथ्यमा हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
९ घण्टा अगाडि

2.1kViews 198 Shares Share on Facebook Share on Twitter काठमाडौं । सामाखुशीस्थित हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव कार्यक्रम नेपाल प्रहरी श्रीमती…

TOP
456 Shares