

हर्क साम्पाङको टिप्पणीपछि फेरि चर्चामा महावीर पुन, सामाजिक सञ्जाल ताते
काठमाडौँ । बालेन नेतृत्वको सरकारमा महावीर पुन मन्त्री बनेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दिएको अभिव्यक्तिले पुनः राजनीतिक वृत्तमा चर्चा पाएको छ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै साम्पाङले सीमा विवादसम्बन्धी विषयमा आफूहरू संसदमा उत्रिएर विरोध गरेको स्मरण गराएका छन्। तर महावीर पुनले उक्त विषयमा समर्थन जनाएको जस्तो देखिएको भन्दै उनले टिप्पणी गरेका छन्।
उनले आफ्नो अभिव्यक्तिमा भनेका छन्, “हामीले देशको सीमा विवादमा सदनमा उत्रिएर विरोध गर्यौँ, तर उहाँले त्यसको समर्थन गर्नुभयो। आज आएर पुष्टि भयो कि उहाँलाई देश होइन, मन्त्रालय चाहिएको रहेछ।”
साम्पाङको यो भनाइ सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पक्ष–विपक्षमा बहस सुरु भएको छ। केहीले यसलाई व्यक्तिगत टिप्पणी भनेका छन् भने केहीले राजनीतिक असन्तुष्टिको अभिव्यक्ति भन्दै टिप्पणी गरिरहेका छन्।
महावीर पुनको तर्फबाट भने यस विषयमा कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।
समाज
थप सामाग्री-
धादिङको नरसिंह धाम : आस्था, इतिहास र प्राकृतिक सौन्दर्यको संगम
-
QR कोडसहित ‘सुरक्षित चालक पोशाक’ वितरण, डीआईजी घिमिरेले भने– “सुरक्षित चालक नै सुरक्षित यात्राको आधार”
-
विराटनगर विमानस्थलका चार होटललाई जनही ३ लाख जरिवाना, यात्रुसँग दोब्बर–तेब्बर मूल्य असुलेको पुष्टि
-
साहित्यकार गणेश खड्काको “नक्शामा नभएको देश” सेसेल्समा लोकार्पण
-
आज जेठ २७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
नविना खत्री कार्कीको प्रमुख आतिथ्यमा हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
९ घण्टा अगाडि
2.1kViews 198 Shares Share on Facebook Share on Twitter काठमाडौं । सामाखुशीस्थित हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव कार्यक्रम नेपाल प्रहरी श्रीमती…



