

नरेन्द्र मोदीको ऐतिहासिक कीर्तिमान, प्रधानमन्त्री बालेन्द्र शाहद्वारा बधाई
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको लोकतान्त्रिक इतिहासमा लगातार सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री रहने कीर्तिमान कायम गरेका छन्।
उक्त ऐतिहासिक उपलब्धिपछि नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्स (X) ह्यान्डलमार्फत बुधबार जारी सन्देशमा मोदीको स्वास्थ्य, सुखद भविष्य तथा भारतीय जनताको निरन्तर प्रगति र समृद्धिको कामना गरिएको छ। साथै नेपाल–भारत सम्बन्धलाई अत्यन्त महत्त्वपूर्ण ठान्दै त्यसलाई अझ सुदृढ बनाउन नेपाल प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।
प्रधानमन्त्री मोदीले बुधबार लगातार प्रधानमन्त्री बनेको ४ हजार ३९९ दिन पूरा गर्दै भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुको ६ दशकभन्दा पुरानो रेकर्ड तोडेका हुन्। नेहरूले लगातार ४ हजार ३९८ दिन प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
मोदी पहिलोपटक सन् २०१४ मे २६ मा भारतको प्रधानमन्त्री बनेका थिए। त्यसयता लगातार तेस्रो कार्यकालसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका उनी अब भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म लगातार निर्वाचित प्रधानमन्त्री रहने नेताका रूपमा दर्ज भएका छन्।
समाज
थप सामाग्री-
प्रहरी युक्ति तालिम महाविद्यालयको नेतृत्वमा एसएसपी अजय केसी, भव्य स्वागतसहित जिम्मेवारी ग्रहण
-
व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, विशेष अदालतमा अभियोग दायर
-
जेठमै चार पटक बढ्यो अण्डाको मूल्य, किसानलाई राहत तर उपभोक्तामाथि मूल्यवृद्धिको दबाब
-
११ रोपनी सार्वजनिक जग्गाको खेल? नमोबुद्धमा उठ्यो करोडौँको विवाद, स्थानीय पुगे प्रधानमन्त्रीको ढोकामा
-
भूमिहीन दलित र सुकुम्बासीलाई ६ सय दिनभित्र जग्गा उपलब्ध गराउने सरकारको तयारी
पोखराबाट दुबईका लागि दैनिक व्यावसायिक उडान सुरु हुने, फ्लाई दुबईलाई अनुमति
६ घण्टा अगाडि
1.3kViews 311 Shares Share on Facebook Share on Twitter पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ (भदौ ७…



