

गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको आठौँ वार्षिकोत्सव तथा छैठौँ Commandant Cup भव्य रूपमा सम्पन्न
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखराको आठौँ वार्षिकोत्सव तथा छैठौँ Commandant Cup खेलकुद प्रतियोगिता एक विशेष समारोहका बीच भव्य रूपमा सम्पन्न भएको छ।
केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जि.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साताव्यापी खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता तथा उपविजेता खेलाडीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखरा द्वारा आयोजित Commandant Cup अन्तर्गत फुटबल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन, रस्साकस्सी तथा महिलातर्फ म्युजिकल चेयर प्रतियोगितासहित विभिन्न खेलकुद गतिविधिहरू सञ्चालन गरिएको थियो।
समारोहमा सहभागी प्रहरी कर्मचारीहरूले आकर्षक सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए। प्रमुख अतिथिले प्रहरी टोलीलाई व्यावसायिकता, अनुशासन तथा खेलकुद भावनालाई जीवन्त राख्दै अझ सुदृढ कार्यसम्पादन गर्न प्रेरणादायी निर्देशन दिनुभयो।
गत जेठ १५ गते उद्घाटन गरिएको वार्षिकोत्सव सप्ताह अन्तर्गत खेलकुदसँगै मानवीय सेवा भाव अभिवृद्धि गर्ने उद्देश्यले रक्तदान कार्यक्रम समेत सफलतापूर्वक सम्पन्न गरिएको केन्द्रले जनाएको छ।
समाज
थप सामाग्री-
प्रहरी युक्ति तालिम महाविद्यालयको नेतृत्वमा एसएसपी अजय केसी, भव्य स्वागतसहित जिम्मेवारी ग्रहण
-
व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, विशेष अदालतमा अभियोग दायर
-
जेठमै चार पटक बढ्यो अण्डाको मूल्य, किसानलाई राहत तर उपभोक्तामाथि मूल्यवृद्धिको दबाब
-
११ रोपनी सार्वजनिक जग्गाको खेल? नमोबुद्धमा उठ्यो करोडौँको विवाद, स्थानीय पुगे प्रधानमन्त्रीको ढोकामा
-
भूमिहीन दलित र सुकुम्बासीलाई ६ सय दिनभित्र जग्गा उपलब्ध गराउने सरकारको तयारी
पोखराबाट दुबईका लागि दैनिक व्यावसायिक उडान सुरु हुने, फ्लाई दुबईलाई अनुमति
९ घण्टा अगाडि
1.3kViews 311 Shares Share on Facebook Share on Twitter पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ (भदौ ७…



